५ गतेदेखि मन्त्रीहरुसँग एक्सनमा उत्रदै प्रधानमन्त्री


प्रकाशित मिति : मंसिर २, २०७५ आईतबार

उपचारपछि आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली मंसिर ५ देखि एक्सनमा उत्रने भएका छन् । खासगरी सरकारलाई प्रभावकारी बनाउन उनले मन्त्रीहरुमाथि नै कडाई गर्न लागेका हुन् ।

हरेक मन्त्रालयको प्रगती विवरण मागेर मंसिर ५ गतेदेखि उनले मन्त्रीको समिक्षा गर्न लागेको उनको सचिवालयका एक अधिकारीले बताए । मन्त्रीहरुको प्रगती विवरण अनुगमन गर्न प्रधानमन्त्रीले मोबाइल एप समेत बनाइसकेका छन् ।

सरकारको काम प्रभावकारी हुन नसकेपछि उनी एक्सनमा उत्रन लागेका हुन् । स्रोतका भनाईमा, प्रधानमन्त्रीकै अगाडि बसेर मन्त्री र सचिवले जवाफ दिनुपर्ने भएपछि सबै मन्त्रालयले अहिलेसम्मका कामका विवरण र आगामी कार्ययोजना तयार पारिरहेका छन्।
सन्तोषजनक रुपमा काम गर्न नसक्ने मन्त्रीलाई हटाउने समेत प्रधानमन्त्रीको योजना छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com