बलात्कारीबाट छोरी बचाउदा बाबूको खुट्टा भाँचियो


प्रकाशित मिति : मंसिर १, २०७५ शनिबार

सुस्त मनःस्थिति भएकी आफ्नी २२ बर्षिया छोरीलाई बलात्कारीबाट बचाउँदा बाबूको खुट्टा भाँचिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २७ मा  कात्तिक २२ गते राती अन्दाजी १ बजेको समयमा झुप्रो घरमा रहेको टिनको ढोका फोरेर भरतपुर महानगरपालिका ११ का बर्ष २२ को हरिभक्त महतोले युवतीलाई बलात्कार प्रयास गरेका थिए । आफ्नी छोरी बलात्कृत भएको थाहा पाएपछि बुबा गोपाल महत्तोले छुटाउन खोज्दा ती युवक उनीमाथि जाइलागेका थिए । मदिराले लठ्ठिएका आरोपित हरिभक्तले गोपाललाई उचालेर फालेपछि

खाटको धारमा लागेर उनको खुट्टा भाँचिएको हो । खुटा भाँचिएपछि उनको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ । आर्थिक अवस्था निक्कै कमजोर भएका गोपालको उपचारमा समेत समस्या भएको छ ।

नेपाल दराई उत्थान समिती चितवनका अध्यक्ष रामबहादुर दराईले अाज आइतबार उनको अप्रेसन गर्ने तयारीमा चिकित्सक रहेको बताए । घरमा बाबुछोरीमात्रै भएकाले घाइतेको उपचारमा पनि पीडित युवती नै लागिपरेकी छन् । यता, घट्नामा संलग्न भएको आरोपमा पक्राउ परिएका महतोलाई चितवन प्रहरीले कात्तिक २३ गते पक्राउ गरेको हो । उनीविरूद्ध जबर्जस्ती करणी प्रयास अन्तर्गत मुद्दा चलाइएको चितवनका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com