आइएफसीद्वारा नेपालमा नब्बे अर्ब लगानी गर्ने घोषणा


प्रकाशित मिति : कार्तिक ३०, २०७५ शुक्रबार

अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले नेपालमा करिव ९० अरव रुपैयाँ लगानी गर्ने भएको छ ।

आईएफसीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालमा निजी क्षेत्रमार्फत् करिब ९० अरब रुपैयाँ लगानी गर्ने घोषणा गरेको हो । आईएफसीकी नेपाल, भारत र भुटान निर्देशक वेन्डी वेर्नरले सो लगानी नेपालको पर्यटन, कृषि र पूर्वाधार तथा प्रविधिको विकासमा लगाउने पनि स्पष्ट पारे ।

आईएफसीको सो लगानी नेपालको दिगो विकासका लागि खर्च गरिनेछ । निर्देशक वेन्डीले नेपालमा स्थिर सरकार निर्माण भएकाले लगानीको वातावरण बन्दै गईरहेको पनि बताए । कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानीका लागि उचित वातावरण बनिरहेको उल्लेख गर्दै ढुक्क भएर लगानी गर्न दाताहरुलाई आग्रह गरेका थिए ।

उनले लगानीका लागि उचित वातावरण बनाउन नेपाल सरकारले पूर्वाधार विकासमा जोड दिएको पनि बताए । अर्थमन्त्री खतिवडाले मुलुकको दिगो आर्थिक विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढन तयारी रहेको पनि बताउनु भयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com