पाइन्टको साथमा साडी लगाउने तरिका ( भिडियो )


प्रकाशित मिति : कार्तिक ३०, २०७५ शुक्रबार

नेपाली हिन्दु महिलाहरुको महान पर्व तीज नजिकिदै छ । तीज नाचगान, मीठो पकवान र शृंगारको पर्व हो । यस पर्वमा महिलाहरु साडीमा सजिएर त्यसमा शृंगारले आफ्नो रुपलाई धपक्क बालेका हुन्छन् ।

साडी लगाउँदा केही फरक देखिन चाहने महिलाहरुको लागि पछिल्लो समय साडीका नयाँ नयाँ स्टाइलहरु आइरहेका छन् । साडीको रंग र डिजाइनले मात्र नभएर साडी लगाउने तरिकाले पनि महिलाहरुको ‘लुक्स’ मा फरक पार्छ । साडी लगाउने नयाँ तरिका मध्ये पछिल्लो समय पाइन्टमा साडी लगाउने ट्रेन्ड चलेको छ । बलिवुड अभिनेत्रीहरु पाइन्टसंग साडी लगाएर स्टाइलिस देखिन थालेपछि सबैले त्यसलाई पछ्याईरहेका छन् । विशेष गरि अविवाहित युवतीहरुले यो ट्रेन्डलाई तीजमा पछ्याउन सक्छन् ।

यस तरिकामा माथी टिसर्ट, टप्स या टिसर्ट स्टाइलको ब्लाउज र तल पाइन्ट लगाइन्छ । त्यो पाइन्ट माथी साडी लगाइन्छ । साडी लगाउँदा एक भागमा बेरिन्छ भने अर्को भागमा आंचलको भाग मात्र हुन्छ र खुट्टा देखिन्छ । यो साडी लगाउँदा स्टाइलिस देखिन्छ भने यो साडी लगाएर हिड्न पनि सजिलो हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com