‘शत्रु गते’ अब आइफिल्क्समा हेर्न सकिने


प्रकाशित मिति : कार्तिक २९, २०७५ बिहीबार

पछिल्लो समय हलमा प्रदर्शन भएको लामो समयसम्म पनि चलचित्रहरु युट्युबमा सार्वजनिक भइरहेका छैनन् । निर्माताहरुले चलचित्रलाई युट्युबमा सार्वजनिक गर्नुको बिकल्प खोजिरहेका छन् । कतिपय निर्माताहरु त दर्शकले चलचित्रलाई किनेर मात्र हेर्नुपर्छ भन्ने धारणा व्यक्त गरिरहेका छन् ।

यसैसन्दर्भमा गतवर्षको सुपरहिट चलचित्र ‘शत्रु गते’ अव सार्वजनिक हुने भएको छ । चलचित्र भोली अर्थात शुक्रबार ‘आइफिल्क्स’ एप्लिेकसनमार्फत सार्वजनिक हुन लागेको हो । ‘आइफिल्क्स’ एप्लिकेशनको आधिकारिक फेसबुकमा चलचित्रको ट्रेलर राख्दै चलचित्र शुक्रबार सार्वजनिक हुने बताएको हो । ‘आइफ्ल्क्सि’ले यसअघि पनि ‘धनपति’, ‘प्रेम गीत २’ जस्ता सफल नेपाली चलचित्रहरु सार्वजनिक गरिसकेको छ ।

प्रदीप भट्टराईको निर्देशनमा बनेको चलचित्रले गतवर्ष एकदमै राम्रो ब्यापार गरेको थियो । किरण केसीको प्रस्तुतीमा महसञ्चारले निर्माण गरेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, राजाराम पौडेल, शिवहरी पौडेल, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, रमेशरञ्नन झा लगायतका कलाकारहरुको अभियनय छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com