यी प्रहरी जवानको सह्रानीय काम, पिडित भए खुशी


प्रकाशित मिति : कार्तिक २६, २०७५ सोमबार

आज विहान साढे १ बजे काठमाडौंको बुढानिलकण्ठस्थित सविन खाजा घरको बाहिर रहेको बेन्चमा प्रहरीले बेबारिसे झोला भेट्यो।झोला खोलेर हेर्दा ६१ हजार ६ सय ५ रुपैयाँ रहेको थियो। महानगरीय प्रहरी प्रभाग मण्डिखाटार र महानगरीय प्रहरी विट गल्फुटारबाट खटेको संयुक्त गस्ती टोलीले रातको समयमा झोला देखेपछि खोलेर हेरेका थिए।

झोलामा पैसा भेटिएपछि मातहतका डिएसपी फडिन्द्र प्रसाईलाई यथार्थ बताए। डिएसपी प्रसाइले झोला र रकम सुरक्षित राखी झोला धनी खोज्नतिर लाग्न उनीहरुलाई निर्देशन दिए।नभन्दै प्रहरीले झोला भेटिएको २४ घण्टाभित्रै झोला धनी पत्ता लगाएर सो रकम बुझाएको छ। गस्ती टोलीका कमाण्ड प्रहरी हवल्दार हितकाजी मिजार र प्रहरी निरीक्षकले झोला धनी पाण्डेलाई रकम बुझाएका हुन् ।

प्रहरीले रकम भेटेपछि सबैतिर सोधखोज गरेर सम्बन्धित धनी शुभराज पाण्डेलाई रकम बुझाएको डिएसपी प्रसाईँले बताए। रकम भेटिएपछि दु:ख गरेर कमाएको रकम फेला परेकोमा पाण्डे खुसी हुदैँ प्रहरीलाई धन्यवाद दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com