आमालाई गुमाएपछि शिक्षादिक्षामा सहयोगको याचना, सके सहयोग गरौँ


प्रकाशित मिति : कार्तिक २५, २०७५ आईतबार

दसैंको दिनमा घरकै आगनमा जन्मदिने आमालाई गुमाएकी बेनी नगरपालिका–२ खवरा दारिमपाटाकी सन्ध्या घिमिरेले घरको भित्तामा झुन्डाएको आमाको तस्वीरलाई हेर्न सक्दिनन् । आमाको तस्वीर आँखामा परेलगत्तै सन्ध्याको आँखाको परेलीबाट आँसु भुईमा खस्छ । उमेरले १३ बर्षमा प्रवेश गरेपनि सन्ध्याले ८ बर्षकी बहिनी साधनासंगै आमाको न्यानो काखमै रात विताउने गरेको दिनहरुलाई सम्झिएर भक्कानिछिन् ।

दसैंमा आमाको हातबाट टिका लगाएको केही समयमै आँखै अगाडी आमालाई गुमाएको पीडाले बेलाबेलामा पोल्ने गरेको छ। आमालाई गुमाएपछि धेरैपटक उनले लुकेर आँखाबाट खस्ने आँसुलाई हातले पुच्छने गरेकी छन् । बैदेशिक रोजगारमा इराकमा रहेका बुबालाई टेलिफोनमा हाँसेरै बोल्ने र घरमा हजुरबुबा हजुरआमाको अगाडी घरायसी काममा सहयोगी बन्दै हसिँलो अनुहार बनाएपनि सन्ध्याले बहिनी र अंकलको अपाङ्ग भाईले आमाको खोजी गर्दा जवाफविहिन हुन्छिन् ।

कलेतो र पित्तथैलीमा क्यान्सर भएर उपचारकै क्रममा ३५ बर्षिया सिता केसी घिरिमेको मृत्यु भएपछि दुई छोरीको शिक्षादिक्षामा समस्या देखिएको छ । आमाको मृत्यु भएपछि पिडा सहन नसक्ने अवस्थामा रहेकी सन्ध्या र उनकी बहिनीको शिक्षादिक्षा र पालनपोषणमा परिवारका सदस्य नै चिन्तित छन् ।

एकैपटक स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि ऋणधन गरी करिव ८ लाख उपचारमै र बैदेशिक रोजगारमा ठुलो रकम खर्चिएर इराकको कुर्दिस्तान पुगेका गोविन्दको राम्रो कमाइ नभएपछि ऋण समेत तिर्न सकेका छैनन् । छोराको बैदेशिक यात्रा र बुहारीको उपचारमा लिएको ऋण तिर्ने उपाय नभएपछि हिरा बहादुर घिमिरे चिन्तित छन् ।‘बुहारीको उपचारमा धेरै खर्च गरियो,‘अन्तिम समयमा केही सहयोग प्राप्त भएपछि राहत भएपनि अझै ऋण छ‘ घिमिरेले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले छोरालाई दलालले राम्रो तलब हुन्छ भनेर इराक पु¥याएपनि सोजेजस्तो कमाई नभएकाले ऋणको ब्याज समेत तिर्न मुस्किल भएको घिमिरेको भनाई छ ।’दुईछोरीलाई राम्रो पढाउँछु भनेर बुहारीले धेरै मेहनत गर्न गरेकी थिईन्,‘बुहारीलाइ्र्र गुमाएपछि शिक्षादिक्षाकै समस्या भएको छ’ घिमिरेले भने । उनले आमालाई आगनमै गुमाएकाले बेलाबेलामा सम्झिएर रुने गरेकाले पनि घरबाट बाहिर लगेर पढाउन दाताको खोजी गरेको बताए । उनले कान्छो छोराको अपाङ्ग नातीलाई नियमित उपचार गर्नुपर्ने भएकाले पनि घरको आर्थिकले ठेग्न नसकेको बताए । समान्य खेतीपाती गर्ने घिमिरले दुईवटा नातिनीलाई बेनीमा पढाउन पहल गरिदिन अनुरोध गरे ।

गाउँकै हंशबाहिनीमा अध्ययरत दुवैको पढाई राम्रो भएपनि घरमा उचित वातावरण नभएको उनले बताए । यसैबीच घिमिरेका आफन्तले समेत सहयोग संकलन गरिरहेका छन् । सिताको उपचारमा आर्थिक सहयोग संकलनले अपुग भएपछि ऋण खोजेर उपचार गराउने क्रममा मृत्यु भएपछि दुई छोरीको शिक्षादिक्षाका लागी सहयोगी दाताको आवश्यकता रहेको गणेश घिमिरे ‘देबेन्द्र’ले बताए ।

‘आमाको निधनपछि घरमै बसेर पढाई निरन्तरता दिन सम्भव छैन्,‘सानो सानो सहयोगको अपिल गरेको छु’ घिमिरेले बेनीअनलाइनलाई भने । उनले आमाको उपचार र बुबाको बैदेशिक रोजगारमा जाने क्रममा करिव १७ लाख ऋण भएकाले पनि दुई छोरीको शिक्षालाई निरन्तरता दिन निकै समस्या भएको बताए । उनले सहयोग संकलन गरी निशुल्क कक्षा १२ सम्म सदरमुकाम बेनीकै निजी तथा सामुदायिक विद्यालयमा पढ्ने वातावरण बनाउने अभियानमा सहयोग गर्न अपिल समेत गरेका छन् । थप जानकारीका लागि गणेश घिमिरे ‘देबेन्द्र’ ९८४७६३५४१८ लाई सम्पर्क गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com