अर्काकी श्रीमती भगाएपछि भयो यसरी दोहोरो झडप, १२ जना घाइते, हेर्दाहेर्दै भयो यस्तो अवस्था


प्रकाशित मिति : कार्तिक २५, २०७५ आईतबार

रामेछापमा अर्काकी श्रीमती भगाएको विषयमा उत्पन्न विवाद झडपमा परिणत भएपछि १२ जना घाइते भएका छन् । घाइते मध्ये आठ जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक शेख अदालतका अनुसार मन्थली नगरपालिका–७, भटौलीमा अर्काकी श्रीमती भगाएको भन्दै दोहोरो झडप भएको हो ।

झडपमा परी सोही ठाउँका खेमबहादुर माझी, सन्तोष माझी, पूर्णबहादुर माझी, समिर माझी, मिलन माझी, सोममाया माझी, चन्द्रमाया माझी, मिलन माझी, रामकुमार माझी, श्रीलाल माझी र लालबहादुर माझी रहेका छन् ।उनीहरु मध्ये चारजनाको जिल्ला अस्पतालमा उपचार गरिएको छ भने ८ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

घाइते हुनेहरु सबै अर्काकी श्रीमती भगाउने पक्षधरका युवाहरु रहेको प्रहरी निरीक्षक शेख अदालतले बताए । उनले अर्काे पक्षका पनि केही युवाहरु सामान्य घाइते भएको जानकारी दिए ।उनले घटनामा संलग्न रहेको आरोपमा आठ जनालाई जिल्लाका विभिन्न स्थानमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको र घटनाको थप अनुसन्धान भइरहेको बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com