जापानमा अप्रिलदेखि ट्रेन चढ्दा चक्कु बोक्न नपाइने, यस्तो छ नयाँ नियम


प्रकाशित मिति : कार्तिक २३, २०७५ शुक्रबार

आगामी अप्रिलदेखी जापानका कुनैपनि रेलहरुमा यात्रा यर्दा चक्कु बोक्न नपाईने नियम लागू हुने भएको छ ।

रेलभित्र चक्कु आक्रमणका घटनाहरु बढेपछि यहाँको यातायात मन्त्रालयले बुलेट ट्रेन सहित सबै प्रकारका रेलहरुमा यात्रा गर्दा प्याक नगरिएका चक्कु बोक्न प्रतिवन्ध लगाईन लागेको बताएको छ ।

गत जुन ९ तारिकमा सिन ओशका रेल स्टेशनमा नोजोमी बुलेट ट्रेनमा यात्रारत २० बर्षिय एक युवकले चक्कु प्रहार गरि ३८ बर्षिय पुरुषको हत्या गरि अन्य दुई महिलालाई गम्भिर घाईते बनाएपछि जापानी सञ्चार माध्यमहमा लगातार यो बहसको विषय बनेको थियो ।

सार्वजनिक भएको सरकारको निर्णयअनुसार रेल सेवामा कार्यरत कर्मचारीहरुले आवश्यकताअनुसार संकास्पद यात्रुहरुका सामान चेकजाँच गर्ने र रेलयात्रा गर्न रोक्न समेत सक्नेछन् । रेल यात्रामा चक्कु बोक्न नपाइने नियम लागू भएपश्चात खुकुरी, बन्चरो, करौंती, कैंची जस्ता जस्ता सामाग्रीहरु पनि बोक्न नपाइने नियम थप हुनसक्ने जापानटुडेले जनाएको छ । विस्फोटक पदार्थ वा ज्वलनशील सामग्री बोक्न पहिलेदेखिनै प्रतिबन्ध लगाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत जुनमा घटेको घटनापछि बुलेट ट्रेन सञ्चालन गर्ने कम्पनीहरुले सुरक्षाकर्मीहरुको संख्या बढाउनुका साथसाथै रेलका कर्मचारीहरुलाई आपतकालिन अवस्थामा कसरी आफ्नो र यात्रुको सुरक्षा गर्ने भन्ने तालिम दिईरहेका छन् ।

सन् २०१५ मा एक व्यक्तिले महिलाको हत्या गरेर आफ्नो समेत ज्यान लिए पनि शिनकानसेन बुलेट रेल कम्पनीहरुले ट्रेन भित्र सिसि क्यामेरा जडानलाई व्यापक बनाएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com