बस दुर्घटनामा ४७ जनाको मृत्यु


प्रकाशित मिति : कार्तिक २३, २०७५ शुक्रबार

जिम्बाबेमा भएको गम्भीर बस दुर्घटनामा परी बुधबार कम्तीमा ४७ जनाको मृत्यु भएको छ ।

दुई ओटा बस एक आपसमा ठोक्कीएर दुर्घटना भएको जिम्बाबेका सरकारी अधिकारीले जानकारी दिएका छन् ।

प्रहरी प्रवक्ता पौल न्याथीले राजधानी हरारेदेखि १५६ किलोमिटर टाढा पर्ने रुसप नजिकै दुर्घटना भएको बताउनुभयो ।

प्रवक्ता न्याथीले ४७ जनाको मृत्यु भएको पुष्टी गर्दै घटनाको कारणका बारेमा भने अहिलेसम्म केही स्पष्ट भइनसकेको जानकारी दिनुभयो । घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको उहाँको भनाइ छ ।

मृत्यु भएका ४७ जनामध्ये ४५ जना बयस्क र अरु दुई जना बालबालिका रहेको समाचारमा जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com