Follow @khasokhasmag

अब मेनपावरको भर पर्नु नपर्ने, विदेश जान चाहनेले घरमै बसेर काम खोज्न सक्ने, यस्तो छ व्यवस्था


प्रकाशित मिति : कार्तिक २२, २०७५ बिहीबार

वैदेशिक रोजगारीमा जान चाहनेलाई काम, पाउने सेवा सुविधा लगायतका विषयमा जानकारी दिने गरी वैदेशिक रोजगार बोर्डले वेबसाइट ल्याउने भएको छ ।बोर्डले आफ्नो स्थापनाको १० औं वार्षिकोत्सवको अवसरमा नेपाली कामदारले आफू जान लागेको कम्पनी, आफूले गर्नुपर्ने काम, तलव सुविधा तथा लागत खर्च लगायतका कुरा अनलाइन मार्फत नै हेर्न पाउने गरी नयाँ वेबसाइट ल्याउन लागेको जानकारी दिएको हो ।

नयाँ वेबसाइटको बारेमा जानकारी दिदै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका कम्प्युटर इन्जिनियर राजु श्रेष्ठले बोर्डले सुरु गर्न लागेको नयाँ अनलाइन मार्फत कामदारले आफ्नो चाहना अनुसारको काम खोज्न सक्ने र दलालबाट ठगीने सम्भावना कम हुने विश्वास व्यक्त गर्नुभयो ।अहिलेसम्म विकास गरिएको साइटको सेवाका बारेमा प्रस्तुत गर्दै इन्जिनियर श्रेष्ठले अनलाइनमार्फत आफ्नो प्रदेश वा जिल्लामा भएका म्यानपावर कम्पनी अभिमुखिकरण तालिम केन्द्र, स्वास्थ्य परिक्षण गर्ने संस्था लगायतका बारेमा पनि जानकारी पाइने बताउनुभयो ।

नयाँ वेबसाइटमा वैदेशिक रोजगार विभागले प्रमाणीकरण गरेको माग मात्रै राखिने भएकाले घरमै बसेर कामदारले आफ्नो इच्छा अनुसारको भरपर्दो काम खोज्न सक्नेछन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com