लक्ष्मीपूजाको रंगोलीमा निर्मला पन्तको सम्झना: दोलखाका युवाले बनाए यस्तो रंगोली


प्रकाशित मिति : कार्तिक २२, २०७५ बिहीबार

कंचनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भएको १०० दिन नाघी सकेको छ। हत्या भएको सय दिन नाग्दा पनि प्रहरीले पन्तको हत्यारा को हुन त्यसको भेउसम्म पाउन सकेको छैन।छोरीको हत्याराको कारबाहीको मागसहित निर्मलाका बुवाआमासहित मानव अधिकारवादी स्थानीयवासीको चौतर्फी दवाब हुँदा पनि प्रहरीले हत्यारालाई कानुनी दायारामा ल्याउन सकेको छैन।

निर्मलाकै कारण प्रहरीको चौतर्फी आलोचना समेत हुने गरेको छ।आज तिहारको तेस्रो दिन गाई तिहार अर्थात् लक्ष्मी पुजा । लक्ष्मी पुजाको दिन धेरैले आफ्नो आफ्नो तरिकाले रंगोली बनाउने चलन छ । धेरैको फेसबुकमा आफुले बनाएको रंगोली पोष्ट गरेको छ ।

यसै बीच निर्मलाको पन्तको रंगोली बनाएर लक्ष्मीको पुजा गरेको तस्बिर एकाएक भाइरल भएको छ । उक्त तस्बिर दोलखा जिल्लाको जिरी नगरपालिका स्थित वडा नम्बर ४ का सरोज जिरेलले बनाएका हुन् ।

उनले आफ्नो फेसबुकमा निर्मला पन्तको रंगोली बनाएर ‘निर्मला पन्त लाई न्याय दिन नसक्ने हरुले आजको दिनमा लक्ष्मीको पुजा गर्नु धिक्कार छ! किनकी एउटि लक्ष्मी लाई अन्याय र अर्किलाई पुजेर अपराध लुकाउनुको कुनै अर्थ छैन!’ लेखेको छ ।उक्त तस्बिर अहिले सामाजिक संजालमा भाइरल भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com