हिन्दु धर्मलाई गाली गर्दै ईसाईको प्रचार गरिरहेका जापानीसहित चारजना पक्राउ


प्रकाशित मिति : कार्तिक १९, २०७५ सोमबार

धर्म परिवर्तन गर्ने उद्देश्यले ईसाई धर्म प्रचार गर्दै हिडेको आरोपमा दुई जापानी महिलासहित चारजना महिला बुटवलबाट पक्राउ परेका छन् । बुटवल–१४ पदमपुर क्षेत्रको सुकुम्बासी बस्तीमा बाइबल ग्रन्थ र प्रचारक पुस्तक बोकेर उनीहरु धर्म प्रचारमा हिँडेका थिए ।

हिन्दु धर्मको कडा आलोचना गर्दै भ्रम छरेको भेटिएपछि स्थानीयबासीले ती महिलालाई पक्राउ गरी प्रहरीलाई बुझाएका हुन् । स्थानीय पूर्ण पौडेलको टोलीले उनीहरुलाई नियन्त्रण लिएर वडा प्रहरी कार्यालयमा बुझाएको हो ।

पक्राउ पर्नेमा जापानिज दुई महिला ४९ वर्षीया यासुको ओबा, ४५ वर्षीया मारी क्युरा छन् । त्यस्तै गोरखा घर भइ बुटवल बस्ने तीर्थमाया घले र तिलोत्तमाकी पुष्पा घिमिरे रहेका छन् ।

बुटवलका सुकुम्बासी इसाई धर्म प्रचारका लागि ठूलो टोली नै खटिएको स्थानीयले बताएका छन् । प्रहरीले उनीहरुमाथि अनुसन्धान गरिराखेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिल्लीबहादुर मल्लले जानकारी दिए ।

उनीहरुले राहदानीसमेत साथमा नराखी धर्म प्रचारमा लागेको बताइएको छ । प्रहरीले कोठामा राखेको राहदानी ल्याउन आग्रह गरेको छ ।

बुटवलको सुकुम्बासी बस्तीहरुमा पछिल्लो समय धर्म प्रचारका गतिबिधि बढेका छ । प्रगतिनगरमा निशुल्क ट्युसन पढाउने भन्दै इसाई धर्मको प्रार्थना गराउने गरिएको स्थानीयले बताएका छन् ।

आइतबार पक्राउ परेका यी दुई महिला एक महिनादेखि धर्म प्रचारमा हिँडेको प्रहरीले जनाएको छ । धर्म परिवर्तन गराए वापत आर्थिक सहयोग गर्ने प्रलोभन देखाउने गरिएको स्थानीयले बताए ।

नेपाली एजेण्टको सहयोगमा धर्म प्रचारको गतिबिधि भएको हो । जर्वजस्ती वा आर्थिका प्रलोभनका धर्म परिवर्तन गर्न नपाइने कानुनी मान्यता रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com