तयारी थालेको आठ वर्षपछि सरकारले नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने थालेको छ । तिहारलगत्तै पाँचथरका नागरिक र सिंहदरबारमा कार्यरत उच्चपदस्थ निजामती कर्मचारीलाई बायोमेट्रिक विवरणसहित चिप प्रविधिको परिचयपत्र वितरण गर्ने लागेको हो । अन्तिम परिक्षण सफल भएपछि बिहीबारदेखि छाप्न सुरु भएको परिचयपत्र यही महिनाको अन्तिमदेखि बाँड्न सकिने गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक दीपक काफ्लेले बताउनु भयो ।
परिचयपत्रमा दशै औलाको औँठाछाप हुनेछ । कार्यकारी निर्देशक काफ्ले भन्नुभयो मेसिन रिडएबल प्रविधिको यस्तो काडमा सबै व्यक्तिगत विवरण रहनेछ । परिचयपत्रमा स्थायी ठेगाना, जन्ममिति, आमाबाबु, हजुरबा, श्रीमान–श्रीमतीको नाम पनि हुने काफ्लले जानकारी दिनुभएको खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।