सोचे जस्तो छैन अष्ट्रेलिया


प्रकाशित मिति : कार्तिक १७, २०७५ शनिबार

-मनिषा पौडेल

अष्ट्रेलिया यस्तो एउटा देश हो जहाँ हरेक कुनामा मनिसलाई चाहिने सम्पूर्ण सुबिधाहरु उपलब्ध छ। छेत्रफलको हिसाबले ठुलो तर जनसंख्याको दृष्टिकोणले हेर्ने हो भने नेपाल भन्दा पनि कम रहेको यो देशमा अवसर सँगसँगै चुनौनीहरु पनि धेरै छन्। यहाँको गल्लि अनि सडकहरुमा विभिन्न देशबाट आएका मनिसहरु, विभिन्न सस्कृति मान्ने मनिसहरुको भीडमा नेपाली समुदायको संख्या पनि दिनप्रतिदिन बढ्दो छ। त्यो मध्ये युवाहरुको आगमनको संख्या हेर्ने हो भने प्रतिदिन बढ्दो छ।

नेपालबाट अनेक सपना बोकेर यो भूमिमा आउने गर्छन नेपाली युवाहरु। तर यहाँ आएपछिको संघर्ष भिन्न प्रकारको छ। भर्खर ंप्लास टु पास गरेर आउने १८ वर्षका युवा पुस्ता होस् या २५ वर्षीय युवा नै किन नहोस्। यहाँको जीवनशैली उस्तै प्ररकारको भएता पनि आफ्नो आफ्नो जीवन संघर्षको कथा भिन्न भिन्न रहेको छ। नेपालमा बसेर हेर्ने अष्ट्रेलिया र यहाँको वास्तविकता आकाशपातालको अन्तर पाइन्छ। जीवनशैली गुजाराको लागि सानो ठुलो जस्तोसुकै काम गर्न पनि तयार हुनु पर्दछ। यो देशमा १८ वर्ष होस् या ५० वर्ष काम गर्नु पर्छ। सबै समूहका नागरिक काममै खटिएका हुन्छन्। जे होस् यो ठाउँले मनिसलाई स्वालम्बी बन्न सिँकाउछ।

नेपालमा आमाबुबाको काखमा हुर्केका हामी नेपाली दाजुभाइको हरेक सन्ततिलाई आत्मनिर्भर बन्न सिँकाउछ। यहाँ आए पछि कोठाको खोजिदेखि काम, पढाई, दैनिक घरको काम, कलेजको शुल्कदेखि घर भाडा आदि कुराहरुको भार पर्ने हुँदा मानिसलाई परिपक्क बनाउँछ। सबै खर्च आफूले नै जोह गर्नुपर्ने हुँदा बचत गर्ने बानीको विकास हुन्छ। अनि हामी युवा नेपालमा हुँदा घरको कामकाजमा खासै ध्यान नदिने अनि हरेक कुरामा आफ्नो अभिभावकमा निर्भर हुने हुँदा सुरुसुरुमा गाह्रो हुँदो रहेछ। समयको अन्तरालसँगै दैनिकी अलि सहज हुन जान्छ।

अष्ट्रेलिया होस् या अन्य देश, समयको व्यवस्थापन गर्न सकिएन भने बडो मुस्किलको सामना गर्नु पर्दछ। काम गरेर कलेज फी तिर्नु पर्ने अनि आफ्नो दैनिक गुजारा गर्नुपर्ने भएकाले काम गर्नु पर्ने बाध्यता जस्तो नै हुन्छ। चर्को कलेज शुल्क हुने भएकाले अधिकांश कमार्इ अध्ययनमै जाने गर्दछ। अफूले कमाएकोले नपुगेर नेपालबाट समेत गमाउनुपर्ने अवस्था अउन सक्छ।

घरभाडा, यातायात शुल्क यी सबै खर्चहरु नेपालबाट मगाउनुपर्दाको पिडा खपिनसक्नु हुन्छ। वास्तवमा मध्यम वर्गीय तथा उच्च संभ्रान्त वर्गमा पनि नेपालबाट पैसा पठाएर विदेशमा अध्ययन गर्ने भन्ने कुरा सपना मात्र हुन्छ। त्यसकारणले गर्दा पनि समय अलि बढी काममा दिनुपर्ने हुन्छ। समयको उचित व्यवस्थापन गर्नु अति जरुरी देखिन्छ। काम समय हेरी आरामको समय तय गर्नु पर्दछ। रातको काम भए दिनको समय, दिनको काम भए रातको समयमा आराम गर्नु पर्दछ। त्यसैले समय कसरी सहि सदुपयोग गर्ने भन्ने पाठ यो ठाउँले राम्रो सँग सिकाएको छ।

यहाँको सकारात्मक पाटो सँगसँगै नकारात्मक पाटो पनि उतिकै छ। यी सबै कुरामा ध्यान पुग्न नसकेमा मानिस अतलिन थाल्छ। समय, काम अनि पढाइ सबैले एउटै गतिमा लान सकेन भने मानसिक तनाब बढ्न थाल्छ। यसको कारण कुलतमा फस्ने, अनि मानसिक रोग डिप्रेसनको सिकार हुनेको संख्या पनि बढ्दो छ। निद्राको अभाव, मनमा नकारात्मक कुरा खेल्दा हुँदा मानिसहरु छिट्टै नै डिप्रेसनको शिकार हुन पुग्दछन्। डिप्रेसनको कारणले गर्दा बेलाबेलामा आत्महत्याका खबरहरु आउने गर्दछ। त्यसैले यदि तपाइहरु आफ्नो छोराछोरीहरुलाई विदेशमा पढ्न पठाउने सपना बोक्नु भएको छ भने यहाँका चुनौतीहरुको अवलोकन गर्नु जरुरी देखिन्छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com