Follow @khasokhasmag

नेपाल प्रहरी र कतार प्रहरीबीच सहकार्य


प्रकाशित मिति : कार्तिक १५, २०७५ बिहीबार

अपराध नियन्त्रणका लागि नेपाल प्रहरी र कतारको प्रहरीबीच सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र कतारका पब्लिक सेक्युरिटीका डाइरेक्टर जनरल साद विन अल खुलेफीबीच बिहीबार कतारमा द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीकाअनुसार अपराध नियन्त्रणका लागि सूचना आदान–प्रदान, साइबर क्राइमको नियन्त्रणका लागि सहकार्य, अनुसन्धानलाई व्यवस्थित बनाउनेलगायतका विषय सम्झौतापत्रमा समेटिएको छ ।

यस्तै, मानव ओसारपसारको नियन्त्रण, लागुऔषधको कारोबार नियन्त्रण तथा अन्य द्विपक्षीय सहयोगसम्बन्धी विषय सम्झौतामा उल्लेख भएको प्रवक्ता सुवेदीले जानकारी दिए ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com