छक्का पञ्जाले ११८ दिनमा गरेकाे व्यापारकाे रेकर्ड ‘छक्का पञ्जा-३’ ले १७ दिनमै ताेड्याे


प्रकाशित मिति : कार्तिक ११, २०७५ आईतबार

छक्का पन्जा ३ दसैंको घटस्थापनाको दिनबाट रिलिज भएको चलचित्र हो ।

चलचित्रलाई यस वर्षकै प्रतीक्षित चलचित्रका रुपमा हेरिएको थियो । अपेक्षा गरे अनुरुप चलचित्रले दर्शकको माया पाइरहेको छ । यो चलचित्रले घटस्थापनाको दिनदेखि अहिलेसम्म पनि उस्तै व्यापार गरिरहेको छ ।

हुन त यो युनिटले निर्माण गरेका अघिल्ला चलचित्रहरुले पनि विभिन्न रेकर्डहरु राख्दै आएको छ । अझ भनौं चलचित्र बजारको व्यापारमा यो ब्यानरले सनसनी नै मच्चाउने गरेको छ ।

जसरी अघिल्ला चलचित्रहरुले व्यापारिक सफलता हात परेको थियो त्यसरी नै यस चलचित्रले पनि व्यापारिक रुपमा नयाँ छलाङ मारिरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फूलपातीबाट रिलिज भएको असोक शर्मा निर्देशित चलचित्र जय भोले प्रदर्शनमा आएसँगै यो चलचित्रको व्यापार ओरालो लाग्न सक्ने धेरैको अड्कल थियो । तर चलचित्रलाई फूलपातिबाट रिलिज भएको जय भोलेले पनि कुनै असर गरेको छैन ।

छक्का पन्जा ३ ले रिलिज भएको १७ दिनमा बक्स अफिसमा चलचित्र इतिहासकै सम्मानित व्यापार गरेको छ ।

चलचित्र रिलिज भएको १८ औं दिनसम्मको व्यापारलाई हेर्ने हो भने चलचित्रले काठमाडाैं उपत्यकामा मात्र करिब ८ करोड ५० लाखको ग्रस कलेक्सन गर्न सफल भएको छ ।

यस्तै काठमाडौं उपत्यका बाहिरको १७ आैं दिनसम्मको व्यापार करिब ७ करोड ९० लाखभन्दा माथि भएको बुझिएको छ ।

उपत्यकाबाहिर र भित्र दुवैको व्यापारलाई जोडेर हेर्दा १० गतेसम्ममा चलचित्रले करिब १६ करोड ४ लाखको व्यापार गर्न सफल भएको देखिन्छ ।

यसलाई हेर्दा चलचित्र छक्का पञ्जा ३ ले आफ्नै ब्यानरमा निर्माण भएको यस अघिको चलचित्र छक्का पन्जाको रेकर्ड समेत ब्रेक गर्न सफल भएको छ ।
यसअघिको चलचित्र छक्का पञ्जा ले ११८ दिनमा बनाएको रेकर्ड छक्का पञ्जा ३ ले १७ दिनमा नै तोडेको छ ।

यसै अवस्थामा चलचित्रले व्यापार गरेको खण्डमा करिब २० लाखभन्दा माथि व्यापार गर्नेमा आशावादी रहेको निर्माता गिरीले बताउनुभयो ।

अघिल्ला चलचित्रहरुलाई विषयवस्तुमा दोषी देखाउने गरिएको थियो । चलचित्रले कुनै सन्देश दिन नसकेको आरोप लाग्ने गरेको थियो ।

तर यसपटक चलचित्रमा उठान गरिएको कथा वस्तुलाई दर्शकले राम्रो रुचाएका छन् । जसका कारण पनि चलचित्रको व्यापार राम्रो देखिएको हो ।

दीपाश्री निरौलाको निर्देशनमा निर्माण भएको चलचित्र छक्का पञ्जा ३ मा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, विल्सन विक्रम राई, दीपिका प्रसार्इं, नीर शाह लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com