२४ घण्टादेखि बेपत्ता बालकको शव भेटियो


प्रकाशित मिति : कार्तिक २, २०७५ शुक्रबार

२४ घण्टादेखि बेपत्ता नुवाकोटका एक बालकको शव सशस्त्र प्रहरीको एक विशेष टोलीले भेट्टाएको छ ।

पृथ्वी माविको कक्षा १० मा अध्ययनरत सुवास भण्डारीको शव सशस्त्र प्रहरीका गोताखोरले बिहीबार भेट्टाएका हुन् । भण्डारी विदुर नगरपालिका २ बजार क्षेत्रका हुन् ।

बुधबार त्रिशूली नदीमा पौडी खेल्ने क्रममा उनी बेपत्ता भएका थिए । बालक बेपत्ता भएको क्षेत्र विदुर नगरपालिका ४ मा पर्छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com