नेपाली समुदायको प्रगती लोभलाग्दोः डिस्ट्रिक गर्भनर वाइज


प्रकाशित मिति : आश्विन ३१, २०७५ बुधबार

रोटरी क्लबका डिस्ट्रिक गर्भनर सावन वाइजले नेपाली समुदायले अमेरिकामा लोभलाग्दो प्रगति गरेको बताउनु भएको छ ।
रोटरि क्लब अफ न्यूयोर्क क्विन्सले बुधवार रिजउडको सिटि क्याफे एण्ड ग्रिलमा आयोजना गरेको दशैँ शुभकामनान् बिशेष बैठकलाइ सम्बोधन गर्दै रोटरी डिस्टिक ७२५५ का गर्भनर वाइजले भन्नुभयो, “नीजि प्रगतिका अलावा मानवसेवामा पनि नेपालीहरुको उपस्थिति लोभलाग्दो देखिएको छ, यो स्पिरिटलाइ कायम राख्नुहोस् ।” वाइजले क्लबको कुनै पनि परोपकारि अभियानमा आफ्नो डिस्ट्रिकको पुर्ण साथ रहने बचन पनि दिनुभयो ।


सो अवसरमा क्लबका प्रेसिडेन्ट मोहन ज्ञवालीले क्लबको इतिहास र आगामी कार्यक्रम बारे जानकारी गराउनु भएको थियो । “मानविय सेवामा यथासक्य योगदान गरौँ भन्ने उदेश्यले यो क्लवको स्थापना गरिएको हो, यसले नेपाली समुदायलाइ अमेरिकन मुलधारका सामाजीक संस्थाहरुसंग जोड्ने छ ।” वहाँले भन्नु भयो । सो अवसरमा चार्टर प्रेसिडेन्ट तारा निरौलाले क्लबले आरम्भ देखी नै सदस्यता संख्या भन्दा पनि मानवसेवालाइ प्रधानता दिएको बताउनु भयो ।
प्रेसिडेन्ट इलेक्ट नवराज केसीले क्लबले नेपालमा केही परोपकारी कामहरु शुरुवात गरेको र त्यसको निरन्तरताको लागी अन्य क्लबहरुसंग हातेमालो गरेर अघि बढिरहेका बताउनु भयो । क्लबले लजिस्टिक फर लाइफ कार्यक्रम अन्तर्गत नेपालमा विभिन्न परोपकारि कार्यहरु शुरु गरेको छ । कोषाध्यक्ष खमलाल भट्टले फण्ड रेजिगं कार्यक्रमहरुको बारेमा जानकारि दिनु भएको थियो भने संस्कृतिक प्रतिनिधि संजिता कोइरालाले क्लबले नेपाली संस्कृति प्रवर्धनका लागी गरेका विभिन्न संस्कृतिक गतिविधिहरुको जानकारि दिनुभएको थियो ।
रोटरि क्लब अफ न्यूयोर्क क्विन्सको स्थापना सन् २०१७ डिसेम्बरमा भएको हो । संस्थाले १ बर्ष भित्रै न्यूयोर्कमा गतिलो पहिचान निर्माण गरेकोमा गर्भनर वाइजले बधाइ दिनुभएको थियो । 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com