नेपालकै सर्तमा श्रमिक आपूर्ति गर्न मलेसिया सहमत, कात्तिक १२ गते ‘जिटुजी’ श्रम सम्झौता हुने


प्रकाशित मिति : आश्विन २९, २०७५ सोमबार

मलेसिया सरकारले नेपाली श्रमिक आपूर्तिका लागि पठाएको समझदारी–पत्र (एमओयू) मा दुवै देशका सरकारी अधिकारीबीच कात्तिक १२ गते हस्ताक्षर हुने भएको छ ।

हस्ताक्षरका लागि मलेसियाका मानव संशाधन मन्त्री कुलासेगरन नेपाल आउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको हो ।

एमओयू मस्यौदामाथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छलफल र अध्ययनसँगै संशोधन गरेर दोस्रो पटक मलेसियाको मानव संशाधन मन्त्रालयमा पठाएको थियो ।

मलेसिया सरकारले नेपालबाट श्रमिक आपूर्ति बन्द भएपछि सरकारीस्तरबाटै श्रम सम्झौता (जिटुजी) गरी नयाँ प्रणालीमार्फत कामदार लिने इच्छा राख्दै गत महिना एमओयूको मस्यौदासहित प्रस्ताव पठाएको थियो । मस्यौदाको ड्राफ्टसहित नेपालले पहिलो पटक भदौ पहिलो साता जवाफ पठाएको थियो ।

रोजगारीका लागि मलेसिया जाँदा भविष्यमा आउने समस्यालाई समाधान गर्ने गरी एमओयूमका बुँदा राखेर पठाइएको ड्राफ्टमा मलेसिया सरकारले सहमति जनाएपछि दुई देशबीच हस्ताक्षर हुन लागेको हो ।

कामदारलाई आर्थिक शोषण गर्दै आएका विभिन्न पाँच संस्थालाई नेपाल सरकारले जेठमा खारेज गर्दै कारबाहीको दायरमा ल्याएपछि नयाँ श्रम स्वीकृति लिएर मलेसिया जाने प्रक्रिया बन्द छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com