नेपालले आफ्नै रेलसेवा सञ्चालन गर्ने


प्रकाशित मिति : आश्विन २९, २०७५ सोमबार

सरकारले आफ्नै रेल सञ्चालनको तयारी गरेको छ । यसका लागि आवश्यक भौतिक पूर्वाधार तयारीसँगै कानुनी तथा संरचनागत तयारी गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले रेल सञ्चालनको योजना बनाउने निर्णय गरेको हो । जनकपुर–जयनगर रेलवे निर्माण सम्पन्न हुन लागेको निष्कर्ष निकाल्दै सरकारले आफ्नै रेल सञ्चालनको तयारीमा जुट्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनु भयो ।

यस्तै, सरकारले दुई महिनापछि मात्रै लोक सेवा आयोगमार्फत् कर्मचारी नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले मेडिकल शिक्षा शुल्क एक वर्षसम्म नबढाउने निर्णय गरेको छ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा उल्लेख भएअनुसार मेडिकल शिक्षा शुल्क यथावत राख्ने निर्णय गरिएको हो ।

बैठकले नेपालको समग्र विकासका लागि आवश्यक शैक्षिक जनशक्ति आँकलन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको संयाजकत्वमा निर्देशक समिति बनाएको छ । यस्तै, काठमाडौंको जमलस्थित परीक्षा नियन्त्रण कार्यालय रहेको ठाउँमा अत्याधुनिक भवनसहितको राष्ट्रिय पुस्तकालय बनाउने निर्णय भएको छ । हवाई उडड्यन र पर्यटन प्रवद्र्धनसम्बन्धी विधेयक तयार पार्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई स्वीकृति दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com