दुई लाख रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद


प्रकाशित मिति : आश्विन २७, २०७५ शनिबार

सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर कैलाली नम्बर ५३ गुल्मले करिब दुई लाख रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको छ ।

गस्तीमा खटिएको सशस्त्र प्रहरी टोलीले पुर्नवास नगरपालीका १० को वोर्डरबाट २ लाख बराबरको भन्सार छलीको लत्ताकपडा, मोटर तथा मेसनरी सामानहरु सहित चार थान साईकल बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर कैलाली गण ५३ गुल्मका सशस्त्र प्रहरी नायव उपरिक्षक देब बहादुर चन्दले अवैध रुपमा भारतबाट नेपाल भित्राउदै गर्दा शुक्रवार राती उक्त सामान बरामद गरिएको बताउनुभयो ।

सामान ल्याउने ब्यक्तिहरु भने फरार रहेका छन ।असोज २५ त्रिनगर भन्सार नाकामा सशस्त्र प्रहरी बलको स्थापना गरिएको थियो । सो अवधिमा भन्सार छलेर ल्याउन लागिएको करिव ५ लाखको सामान बरामद गरिएको चन्दले जानकारी दिनुभयो ।सामानहरुबारे थप अनुसन्धान र आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय, कैलालीमा बुझाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com