१०० भन्दा बढी नेपाल प्रहरीसँग टंक बुढाथोकीको रमाइलो दशैं गीत


प्रकाशित मिति : आश्विन २७, २०७५ शनिबार

गायक तथा संगीतकार टंक बुढाथोकिको नयाँ दशैं गीत बजारमा आएको छ। नेपाल प्रहरीसँग सम्बन्धित भिडियोमा उक्त गीत टंक बुढाथोकिको स्वरमा उनैको च्यानल बाट बजारमा आएको हो ।

गीतमा शब्द तथा संगीत जोतन महेताको रहेको छ भने उक्त गीतको भिडियो १०० भन्दा बढी प्रहरीको बिचमा सुटिङ गरिएको छ ।

टंक बुढाथोकी अहिलेका चर्चित गायक तथा संगीतकार हुन । अशोक दर्जीलाई उनले गरेको सहयोग सबैले खुलेरै प्रशंसा गरेका छन भने अहिले अशोक दर्जीको भविष्य पनि बनेको छ ।

त्यस्तै टंक बुढाथोकी आजकल दिनानु दिन उनको नयाँ गीतहरु बजारमा आउने क्रम जारी छ । केही समय प्रोजेक्ट अशोक दर्जीमा व्यस्त भएका टंक बुढाथोकी अहिले भने उनका बाँकी काम एकैचोटी परेको हुनाले प्रायजसो गीत छिट्टै छिट्टै बजारमा आइरहेको छ ।

त्यस्तै अशोक दर्जी र टंक बुढाथोकीको पहिलो गीत मन बिनाको धन ठुलोको अपार सफलतापछी , दोश्रो गीत पनि यही दशैंको अवसरमा बजारमा आउने कुरा यस अघिनै उद्घोष गरिसकेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com