नयाँ एनआरएनएनए बनाउन लाग्नै पर्ने हो त?


प्रकाशित मिति : २५ आश्विन २०७५, बिहिबार

– रविन बज्राचार्य

मैले यस्ता प्रश्न गर्दै गर्दा अमिलो अंगूर भन्दै अर्को बोट खोज्दै हिंडेको स्यालको लांछना लाग्ने कुरामा मलाई कुनै शंकै छैन। तर पनि हालको एनआरएनएनए भनेको शुध्द र पवित्र एनआरएनएनए भने पक्कै होइन। एनआरएनएनए भित्र बाघको छाला ओडेर स्यालहरुले रजाई गर्दैछन्।

वास्तवै भन्न पर्दा नेपालको राजपत्र जसले गैर आवासिय नेपालीको ब्यवस्था र ब्याख्या गरेको छ, त्यो नै गलत छ।राजपत्रमा ब्यवस्था भए अनुसार दुई बर्ष भन्दा बढि बिदेशमा बसेका नागरिकहरु( बिध्यार्थी र सार्क राष्ट्र निवासी बाहेक) लाई गैर आवासिय नागरिक बनाएको छ।यो नै गलत कुरा हो।बिदेशमा बस्ने सबै नेपाली निम्न कारणले गर्दा गैर आवासिय नागरिक होइनन्।

१) बिदेशमा बस्ने सबै नेपालीमूलका वा नेपाली हरुले नेपाल सरकारको पर राष्ट्र मन्त्रालयले जारी गरेको $ ५०० तिरेर लिनु पर्ने गैर आवासिय नागरिक को परिचय पत्र प्राप्त गर्न सक्दैन। सरकारको एउटा अंगबाट दिइने परिचय पत्र समेत अयोग ठहरिएका ब्यक्तिहरु कसरी गैर आवासिय नागरिक हुन सक्दछ???

२) बिदेशमा बसेर बिदेशी नागरिकता लिएकाहरु बाहेकले जति बर्ष बिदेशमा बसेर गए पनि उनीहरुले नेपाल फर्कदा वा घुम्न जाँदा नेपालको भिषा लिन पर्दैन, साथै संसारका कुनै पनि देशमा जाँदा नेपाली पासपोर्ट नै प्रयोग गर्छन, तसर्थ उनीहरु बिदेशमै बसेता पनि वंशज या अंगिकृत नागरिक नै हुन , गैर आवासिय नागरिक हैनन्।

३) संविधान अनुसार पनि हाल नेपाली नागरिकतालाई तिन भागमा बिभाजन(ब्याख्या) गरिएको छ।क) वंशज ख) अंगिकृत र ग) गैर आवासिय। बिदेशमा बसेका कैयन (अघिकांस) नेपालीहरु को वंशज या अंगिकृत नागरिक हाल सम्म पनि कायम नै छ। जापान, मध्यपूर्व, रसिया आदि देशहरुमा हाल सम्म पनि त्यहाँ को नागरिकता सहज रुपमा प्राप्त गर्न सकिन्न। तर तिनै देशहरुमा नेपालीहरु धेरै छन, र वहाँहरु अझै पनि नेपाली नागरिकता(वंशज वा अंगिकृत) भएकाहरु भएपछि कसरी गैर आवासिय नागरिक भए।

४) सर्वोच्च अदालतले समेत हालै जारी गरेको निर्णय अनुसार , बिदेशमा बसेका र बिदेशी नागरिकता नलिएकाहरुलाई बिदेश बाट नै मताधिकार प्रयोग गर्ने अधिकार दिइएको छ। तसर्थ वहाँहरुको नेपाली नागरिकता कायम नै छ भन्ने निर्णय हो, भनेपछि वहाँहरु कसरी गैर आवासिय नागरिक हुन्छन?

५) मूलुकि एेन को ब्यवस्था अनुरुप पनि नागरिकता को अन्त हुनको लागी नागरिकता त्यागेरो अथवा अन्य देशको नागरिकता ग्रहण गरेको हुनु पर्मे भन्ने छ,अन्य देशको नागरिकता नै नलिएकाहरुले कसरी नेपालको नागरिकता त्यागदछन र कसरी गैर आवासिय नागरिक हुन्छ???

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यि त भए प्राविधिक र कानुनी कुरा, तर हालको एनआरएनएनए  संस्थाहरुमा  अधिकांश रुपमा नेपाली हरु नै कार्यसमितिमा रहेका छन। तसर्थ पनि हालको एनआरएनएनए  शुध्द र पूर्ण गैर आवासिय नेपाली संध होइन। यो त प्रवासमा बस्ने नेपालीहरुको संस्था भयो र ?

न त यसले गैर आवासिय नेपालीको हित नै गर्छ न त गरेकै छ ?  पाउँनै लागेको पूर्ण अधिकार सहितको दोहोरो नागरिकता पनि सरकार सँग मिलेर टुकुचामा बगाएको छ। दोहोरो नागरिकता समेत गैर आवासिय नेपालीको अन्य हक हितका लागि पनि बिशुध्द गैर आवासिय नेपाली संधको जरुरी छ। यि नेपाली नागरिक भएकाहरुले नेपालमा कुनै पनि काम गर्न बन्देज नभएको कारण हालको एनआरएनएनए  ले हामी गैर आवासिय नेपालीको हित मा कुनै काम गर्नेछ भनि आशा राख्नु बेकार हुनेछ।

अर्को कुरा, हालको एनआरएनएनएमा ब्यापक रुपमा भ्रष्टाचार छ। यसो भन्दै गर्दा आर्थिक हिनामिना गर्यो भन्न खोजेको होइन। भ्रष्ट र आचरण मिलेर भ्रष्टाचार शव्द बन्छ। यसो भन्दै गर्दा आचरण गलत भयो भन्नु नै भ्रष्टाचार भयो भन्नु हो। आचरण सहि भएको भए निम्न कुराहरु हुँदैनथ्यो होला –

१) संस्था लाई सिण्जिकेट अन्तर्गत राखि रहनु
२) नयाँले सिधै अध्यक्ष नखाओस भनि बिधान परिमार्जित गर्न खोज्नु
३) सबै सदस्यहरुलाई मताधिकार नदिई आफूलाई सहयोग हुने गरि डेलिगेट सिस्टम परिमाजित गर्दै रहनु
४) सिण्डिकेटहरुले मात्र चुनाव लड्ने ब्यवस्था गर्नु
५) हजारौ मान्छेको सहयोगले जुटेको रकमको सहि ब्यवस्थापन गर्न नसकि प्रोजेक्ट समयमा नसकाउनु
६) लाप्राकको बस्ति हाल सम्म पनि पूर्ण गर्न नसक्नु, र बाचा गरिएका १००० घर पूरा हुने लक्षण नदेखिनु
७) बन्दै गरेको केन्द्रिय कार्यलय भवनलाई समेत बेच्ने र भाडामा लगाउने दुष्प्रयास गर्नु
८) चुनावहरुलाई धाँधली रहित गर्न गराउन नसक्नु
९) हुँदै गरेको बिधान सभामा समेत सम्पूर्ण सदस्यहरुलाई मताधिकार नदिनु
१०)  अन्य थुप्रै कारणहरु ……..

यि सबै कारणहरुले गर्दा पनि एउटा नयाँ सबल र शुध्द एनआरएनएनएको आवश्यकता देखि रहेको छु। सायद म गलत पनि होऔंला, तर नेपालको राजपत्रमा एनआरएनएनए सम्बन्धि नियमावलिमा एउटै मात्र गैर आवासिय संस्था हुनु पर्छ भनेर कतै उल्लेख भएको छैन।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com