मलेशियामा मृत्यु भएका १३ नेपालीको सम्झनामा दूतावास द्वारा शोक सभाको आयोजना
प्रकाशित मिति : आश्विन २४, २०७५ बुधबार
बिषादियुक्त मदिराको सेवनबाट मलेशियामा ज्यान गुमाएका १३ जना नेपालीको सम्झनामा नेपाली दूतावास मलेशियाले शोक सभाको आयोजना गर्ने भएको छ।
गत असोज १ गते देखि मलेशियाका विभिन्न ठाउँमा बिषाक्त मदिराको सेवन बाट असोज २३ सम्म १३ जना नेपालीले ज्यान गुमाएको पुष्टि गर्दै दूतावासले मृत्यु हुने नेेपालीको सम्झनामा आउँदो २६ तारीख शुक्रबार कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिएको छ।
वैदेशिक रोजगारीका लागि मलेशिया आएका नेपालीले अनाहकमा ज्यान गुमाएको देख्दा हामी निक्कै दुखित छौ ।त्यो एउटा ठुलो घटना थियो आगामी दिनमा हामी सबैलाई सचेत रहन आग्रह गर्छौ दूतावास स्रोतको भनाइ छ।