डरलाग्दो दुर्घटना ! मोटरसाईकले महिलालाई ठक्करदिँदा शरीरमा रोपिए फलामका रड


प्रकाशित मिति : आश्विन २३, २०७५ मंगलबार

दाङमा एउटा दर्दनाक दुर्घटना भएको छ। हिजो दिउँसो मोटरसाईकलले पैदल यात्रुलाई ठक्कर दिँदा पैदल यात्रुको शरीरमा तीन वटा रड छिरेका छन्।

दाङ्को घोराही उपमहानगरपालिका वडा नम्बर १५ शहीद उमेशमार्गमा मोटरसाईकलले ठक्कर ती ३८ वर्षीया तिला परियारलाई ठक्कर दिँदा उनको शरीरमा रड छिरेका हुन्। घोराही उपमहानगरपालिका ३ झिङनीकी स्थायी वासी परियारलाई मोटरसाईकलले ठक्कर दिँदा उछट्टिएर रड बोकेको ट्याक्टरमा ठोकिन पुगेपछि उनको छातिमा रड छिरेका हुन्। छातिबाट छिरेका तीन वटा रड ढाडबाट निस्केका छन्।

दुर्घटना लगत्तै रड काटेर घाइते परियारलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान राप्ती उपक्षेत्रीय अस्पताल पुर्याइएको र त्याहाँ आइसियू सुविधा नहुँदा तत्काल भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ। अहिले घटनामा संलग्न चालकसहित ट्याक्टर र दुबै मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएको छ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com