दशैको मुखैमा शरीरमा मट्टीतेल खन्याएर आगो लगाई आत्महत्या गरिन् रोशनीले, शोकमा परिवार
प्रकाशित मिति : आश्विन २१, २०७५ आईतबार

राजविराजमा एक युवतीले आफ्नो शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन्।आत्महत्या गर्नेमा कञ्चनरुप नगरपालिका–२ बरमझियाकी १८ वर्षीय रोशनी राउत रहेकी छन् ।
उनले आफ्नो शरीरमा मट्टीतेल खन्याएर आगो लगाएकी थिइन्।उनको सुनिल राउतसँग ६ महिना अगाडी मात्रै विवाह भएको थियो भने उनको श्रीमान सुनिल विराटनगर–जनकपुर चल्ने बसमा सहचालक रहेका छन्।
घटना हुँदा घरमा रोशनीका सासु, ससुरा, आमा, भाइ, दिदीको छोरा थिए। आत्महत्याको कारण भने खुलिसकेको छैन् । घटनाबारे अनुसन्धान भइरहेको प्हरीले जनाएको छ।