जनकपुरमा नक्कली नागरिकता बनाउन खोज्ने एक भारतीयसहित तीनजना पक्राउ


प्रकाशित मिति : आश्विन २१, २०७५ आईतबार

नक्कली नागरिकता बनाउन खोज्ने एक भारतीयसहित तीन जना जनकपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सीतामढी जिल्ला कोरियाही पञ्चायत भेमुवाका २४ वर्षीय तसिफ अंसारी, जनकपुरधाम–१४ रजौल बस्ने ५५ वर्षीय मन्जुर अंसारी र उनकी श्रीमती ४८ वर्षीया सलमा खातुन रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ परेका तसिफ मन्जुरको साला रहेको र मन्जुरले उनलई छोरा भनि नेपाली नागरिकता दिने तयारी गरेका थिए । मन्जुर र सलामाले भारतीय नागरिक तसिफको नेपाली नागरिकता बनाउने तयारी गरेको सूचनाको आधारमा प्रहरीले खानतलाशी गर्दा नागरिकता दिलाउन सम्पूर्ण कागजात तयार अवस्थामा बरामद भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र शाहीले जानकारी दिएका छन् ।

पक्राउ परेका तीनैजनलाई हिरासतमा राखी यसपूर्व पनि नक्कली नागरिकता बनाउने कार्यमा संलग्न रहे नरहेको बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com