निर्मला हत्याकाण्ड : मामा भण्डारी र बम दिदीबहिनीलाई थप अनुसन्धान गर्न माग


प्रकाशित मिति : आश्विन २०, २०७५ शनिबार

नेपाल मानव अधिकार संगठनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा बम दिदीबहिनी र निर्मलाका मामा तीर्थराज भण्डारीलाई पनि अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।

घटनाको स्थलगत अध्ययन प्रतिवेदन शुक्रबार काठमाडौंमा सार्वजनिक गर्दै संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले घटनाको सम्पूर्ण जानकारी भएको दावी गर्दै बम दिदीबहिनी र निर्मलाका मामा भनिने तीर्थराज भण्डारीलाई अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गर्नु भएको हो ।

संगठनको प्रतिवेदनामा घटनाको बास्तविकतातर्फ सरकारको अनुसन्धान केन्द्रित नभएको दावी गर्दै एसपी डिल्लीराज विष्ट, बम दिदीबहिनी र निर्मलाका मामा भण्डारीले घटनाको यथार्थता लुकाउन चलखेल गरिरहेको पनि उल्लेख गरिएको छ ।

संगठनले घटनास्थल नजिकै रहेको नेपाली सेनाको व्यारेकलाई पनि अनुसन्धानको दायरामा ल्याउन सरकारलाई सुझाव दिएको छ ।

उनीहरुसँग ठोस र प्रभावकारी अनुसन्धान नभएकै कारण निर्मला पन्त हत्याका दोषी पत्ता लगाउन नसकेको निष्कर्ष पनि संगठनको अनुगमन टोलीले निकालेको छ ।

संगठनले सबै स्रोत, साधनको प्रयोग गरी हत्यारा पत्ता लगाउन र निर्दोषलाई यातना दिने कार्यमा संलग्न तथा गैरकानुनी रुपमा बल प्रयोग गरी जनधनको क्षति पु¥याउने प्रहरीमाथि कडा कानुनी कार्वाही गर्न पनि माग गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com