अर्घाखाँचीका जुद्ध बहादुर बस्नेत दुबईमा बेपत्ता


प्रकाशित मिति : आश्विन १८, २०७५ बिहीबार

गत आइतबार देखि दुबईमा मालारानी गाउँपालिकाका साविक बामरुक वार्ड नम्बर – ७ अर्घाखाँचीका जुद्ध बहादुर बस्नेत सम्पर्कविहिन भएका छन् । बस्नेत दुबईमा रहेको डिस्कोभरि गार्डेन बाट गत सेप्टेम्बर ३० तारिख आइतबार बेलुका ४ बजे देखि बेपत्ता भएका हुन् ।

बस्नेत बम्बई च्वपाटी रेस्टुरेन्टमा विगत ६ बर्ष देखि कार्यरत थिए । जुद्व बहादुर यही दशैमा नेपाल फर्कनको लागि हवाई टिकट बनाउन जान्छु भनि साइकल टिपेर हिडेका रुममा संगै बस्ने उनका साथिभाइहरुले बताएका छन् ।

बस्नेत आफु बस्ने कोठामा आइतवार बेलुका नफर्के पछी उनका साथिभाइहरुले कहिँ आफ्ना साथिभाइकोमा जानुभएको होला भनि त्यत्ति ध्यान दिएनन,त्यत्तिकैमा आइतवारको दिन बित्यो सोमबार बिहान जुद्व बहादुरलाइ रेस्टुरेन्टमा काममा जानु पर्ने थियो तर उनि काममा पनि उपस्थित नहुदा बस्नेत संगै काम गर्ने साथिभाइहरुले उनले कामगर्ने कम्पनीका मालिकलाइ खबर गरेका थिए । कम्पनीलाई खबर गरिसकेपछी कम्पनि मालिकले नजिकै रहेका कारागारमा गएर सोधपुछ गर्दा पनि अहिले सम्म उनि कहा छन् कस्तो अवास्थामा छन् भन्ने खबर पाउन सकिएको छैन ।

जुद्व बहादुरको फोनमा गत मिति ३ तारिख सम्म कलगर्दा कल लाग्ने गरेको थियो तर फोन कसैले पनि उठाउने गरेका थिएनन दुखको कुरा आजदेखि उनको मोबाइलमा कल गर्दा स्विच अफ गरिएको छ भन्ने जवाफ आउने गर्छ ।

बेपत्ता हुने जुद्व बहादुरलाई यदि कसैले होटेल -पार्क वा बाटोमा घुमिरहेको अवस्थामा देख्नु भएमा तुरुन्तै नजिकको प्रहरी कार्यालय अर्थात निम्न सम्पर्क नम्बरमा कल गरेर जानकारी दिनुहुन अर्घाखाँची सेवा समाज युएईले अनुरोध गरेको छ ।

सम्पर्कको लागि- राजु खडका-०५५१६५०८७२, धर्म अधिकारी -०५२२६७५३३४

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com