विद्यालयबाटै शिक्षक गायब ! परिवार भन्छन्,– ‘कि सास चाहियो कि लास’!


प्रकाशित मिति : आश्विन १८, २०७५ बिहीबार

पुथा उत्तरगङ्गा गाउँपालिकामा रहेको आधारभुत विद्यालय पेल्मा–२ मा अध्यापन गराउनुहुने शिक्षक मखन केसी बेपत्ता भएको झन्डै डेढ महिना भयो । उहाँको अहिलेसम्म अत्तोपत्तो छैन । ‘कि सास चाहियो कि लास’ भन्दै आफन्तजनले बुधबारदेखि सदरमुकाम रुकुमकोटमा आन्दोलनका कार्यक्रम सुरु गरेका छन् ।

बुधबार परिवारजनले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा पुगेर धर्ना दिएका छन् । वास्तविकता सार्वजनिक र दोषीमाथि कारवाही नभए सम्म धर्ना, अनसन र दबाबका चरणबद्ध कार्यक्रम गरिने उनीहरुले बताएका छन् । सिस्ने गाउँपालिका वडा नं ६ घर भएका शिक्षक मखन केसी गएको २३ वर्षदेखि यो विद्यालयमा पढाउँदै आउनुभएको थियो ।

गएको साउन ३१ गते विद्यालय परिसरमै स्थानीय केही व्यक्तिद्वाारा कुटिएका शिक्षक केसीको स्थानीय मेडिकलमा सामान्य उपचार गरिएको र भदौ १४ गतेदेखि बेपत्ता बनाइएको परिवारको भनाई छ । घटनाको कारण भने अझै खुल्न सकेको छैन । कुटपीटको आरोपमा यही गाउँपालिका–१० का विकास वुढामगर (खीन्टे)लाई प्रहरीले पक्राउ गरेको र घटनामा संलग्न अन्य दुईजना फरार रहेको प्रहरीले जनाएको छ ।

बेपत्ता भएको खबर पछि दुई पटक खोज्न गए पनि फेला पार्न नसकेको उहाँका दाइ मोहन केसीले बताउनुभयो । बेपत्ता भएको महिना दिन पुग्दासमेत न लास भेटियो न सास, दाजु मोहन के.सी.ले भन्नुभयो – बाध्य भएर आन्दालनमा उत्रिनु पर्यो । सरकारी पेशामा संलग्न व्यक्ति यसरी बेपत्ता हुँदा राज्यले खोजी गर्न चासो नदेखाएको बेपत्ता मखनको श्रीमती तुलसी केसी बताउनुहुन्छ । बेपत्ता शिक्षक केसीका २ छोरी १ छोरा रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

परिवारले खोज्न जाँदा स्थानीय सरकारले वास्ता नगरेको र उल्टै दोषीलाइ संरक्षण गरेको परिवारको आरोप रहेको छ । पुथा उत्तरगङ्गा गाउँपालिका २ का वडा अध्यक्ष सतसीङ बुढाले केसीको खोजी भैरहेको र यस घटनाले आफू निकै दुखि भएको प्रतिक्रिया दिनुभयो । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com