अष्ट्रेलियाको मेबलर्नमा नेपाली जेष्ठ नागरिकको अधिवेशन सम्पन्न, नयाँ अध्यक्षमा डा. सुभद्र झा चयन


प्रकाशित मिति : आश्विन १७, २०७५ बुधबार

अष्ट्रेलियामा रहेका नेपालीहरुले आफ्नो समुदायलाई अगाडी बढाउनको लागि र आवश्यक पर्दा एक-अर्कालाई सहयोग गर्नको लागि
विभिन्न संघ संस्था तथा समूह गठन गरेर अगाडी बढिरहेका छन् । मेलबर्नमा रहेका जेष्ठ नागरिकहरुले समुदायको एकता, नेपाली कला संस्कृतिको संरक्षण, नयाँ पुस्तालाई मार्गदर्शन आदिको उद्देश्यले नेपाली सिनियर सिटिजन सोसाइटीको स्थापना गरेका छन् ।

नेपाली सिनियर सिटिजन सोसाईटीले आइतबार साधारणसभा सम्पन्न गरेको छ । उक्त साधारणसभामा सोसाइटीको नयाँ कार्यसमिति पनि चयन भएको छ । नयाँ कार्यसमितिमा अध्यक्ष पदमा डा. सुभद झा चयन भएका छन् । त्यस्तै, नयाँ कार्यसमितिको उपाध्यक्षमा मोहन राई, सचिवमा सुजाता श्रेष्ठ, सहसचिवमा राज श्रेष्ठ, कोषाध्यक्षमा पृथ्वी राई, सहकोषाध्यक्षमा रीता पन्त, सदस्यहरुमा बलबहादुर बुढाथोकी, कृष्ण अधिकारी, डा. दिपकराज पन्त, भरनशमशेर राई चयन भएका छन् । सोसाइटीको सांस्कृतिक सयोजकमा वर्षा केसी राजभण्डारी, परियोजना अधिकृतमा सञ्जय राई, पब्लिक रिलेशन अफिसरमा बम योञ्जनलाई चयन गरिएको छ ।

संस्थाले आमाको मुख हेर्ने दिन, बुवाको मुख हेर्ने दिन जस्ता विशेष दिनहरुमा विशेष कार्यक्रमको आयोजना गरेका थियो । सामाजिक अगुवाहरुले प्रवासमा यसरी जेष्ठ नागरिकहरु भेला भएर आफ्नो अनुभव आदान प्रदान गर्ने कार्य निकै सराहनीय रहेको बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com