हातैले छामेर पासपोर्ट जाँच, नक्कली पासपोर्ट लिएर आएकालाई सजिलै प्रवेश अनुमति


प्रकाशित मिति : १७ आश्विन २०७५, बुधबार

अवैध प्रक्रियाबाट नेपाल भित्रिनेका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सजिलो प्रवेशमार्ग बनेको छ ।

सजिलै अनअराइभल भिसा पाइने र राहदानीमा सामान्य व्यक्तिगत विवरणबाहेकका सूचना पढ्ने प्रविधि नहुँदा देशकै मुख्य विमानस्थल कमजोर बनेको हो ।

यहाँ रेटिना, डिजिटल औँठाछाप अध्ययन र फोटो खिच्ने प्रविधि छैन ।

भदौ ५ मा नक्कली इजरायली राहदानी लिएर आएका इमेई होसिन लास्कारी र नायदे याराम्दीले सजिलै पर्यटक भिसामा प्रवेश अनुमति पाए ।

१५ दिन काठमाडौं बसेर यो दम्पती जर्मनीका लागि उड्यो । तर, ट्रान्जिट देश टर्कीको अध्यागमनले राहदानी नक्कली रहेको भन्दै उनीहरूलाई नेपालै फिर्ता पठाइदियो ।

इजरायली राहदानी बोकेका उनीहरू इरानी नागरिक रहेको खुल्यो ।

त्रिभुवन विमानस्थलमा नक्कली राहदानीमा सक्कली भिसा लगाएर नेपाल पस्ने र केही दिनको ट्रान्जिटपछि युरोप र अमेरिका छिर्ने प्रयास बारम्बार हुँदै आइरहेको छ ।

गत असार ६ गते ५ बालबालिकासहित काठमाडौं उत्रिएका ९ विदेशी इस्ट टिमोरको राहदानी लिएर आएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com