देउवाले ओलीलाई भने- मिस्टर चुप लाग्नुस्, ठूला कुरा गर्ने ?


प्रकाशित मिति : मंसिर २०, २०७३ सोमबार

राजनीतिक दलहरूलाई सहमतिबाट अगाडि बढ्न आग्रह गर्ने उद्धेश्यले राष्ट्रपति विद्यादेवि भण्डारीले बोलाएको सर्वदलीय बैठकमा दलहरूबीच चर्काचर्की भएको छ । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकले विभाजित राजनीतिक दलहरूलाई सहमति कायम गरेर अगाडि बढ्न आइतबार राष्ट्रपति भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई शीतल निवास बोलाएकी थिइन् ।

बैठकको सुरूमै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच चर्काचर्की भएको हो । ओलीले कांग्रेसले सत्ताका लागि सहमति तोडेको आरोप लगाउँदै सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव राष्ट्रको पक्षमा नरहेको बताए। ओलीको भनाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने,‘ संविधान जारी गर्नुपूर्व भएको सहमति अनुसार संविधान कार्यान्वयनमा पनि तीन दल मिल्नुपर्ने आवश्यकता थियो ।

सत्ताको स्वार्थमा कांग्रेसले सहमति तोड्ने काम गर्‍यो, हामीलाई नसोधी रातारात ल्याएको संविधान संशोधनप्रति ठूलो आशंका छ । यो संवैधानिक छैन त्यसैले हामीले यसलाई संसदमा प्रवेश गर्न दिन्नौ ।’ निकै आक्रामकरूपमा रहेका ओलीको भनाई लगत्तै सामुन्ने रहेका नेपाली कांग्रेसका सभापति देउवाले ओलीको आरोपको खण्डन गर्दै अहिले सरकारले ल्याएको संविधान संशोधन विधयक तत्कालिन कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीले हस्ताक्षर गरे अनुसार नै ल्याइएकाले विरोधको कुनै अर्थ नरहने बताए ।

देउवाको भनाई उदृत गर्दै ती नेताले भन,‘ओलीजी आफैं हस्ताक्षर गर्ने अनि अहिले ठूलो राष्ट्रवादका कुरा गर्ने ?’, देउवाले नेपाली सीमाको रक्षा गर्ने मधेसी समुदायलाई अपमानित गर्ने गरी प्रस्तुत हुँदा देशको सद्भाव बिथोल्ने भन्दै ओलीविरूद्ध खनिए । देउवाले आफ्नो भनाइ राख्ने क्रममा बीचमै ओलीले यो आरोप ठीक होइन भनेपछि देउवाले ‘मिस्टर चुपलाग्नुहोस्, ठूलो कुरा गर्ने’ भन्दै प्रतिवाद गरेका नेपाल समाचारपत्रमा खबर छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com