सन्दीप लामिछानेले केरला किंग्सबाट खेल्ने पक्का


प्रकाशित मिति : आश्विन ९, २०७५ मंगलबार

नेपालका स्टार क्रिकेटर सन्दीप लामिछानेले टी टेन क्रिकेट पनि खेल्ने भएका छन् ।

उनी डिफेन्डिङ च्याम्पियन केरला किंग्सबाट खेल्ने पक्का भएको छ । नोभेम्बरमा यूएईको सारजाह क्रिकेट मैदानमा हुने टी टेन क्रिकेट प्रतियोगितामा ८ टिमको सहभागिता रहने छ । सन्दीपको टिममा इयान मोर्गन कप्तान रहेका छन् भने क्रिस गेल, सोयव तनवीर, किरन पोलार्ड, पल स्टर्लिङ, दासुन संखा, जुनेद खान र टम कुरान पनि रहेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले मान्यता दिइसकेको यस प्रतियोगिताको दोस्रो संकरण हो ।
पहिलो पटक ४ दिनमा सकिएको टी टेन क्रिकेट दोस्रो संस्करण सकिन १० दिन लाग्ने छ । गएको वर्ष भएको प्रतियोगितामा केरला किंग्सले उपाधि जितेको थियो भने त्यतिबेला जम्मा ६ टिमले सहभागिता जनाएका थिए ।

यस वर्ष आयोजना हुने टी टेन क्रिकेटमा ८ टिमले सहभागिता जनाउँदैछन् । राउण्ड रोविन लिग प्रणाली र प्लेअफ गरी १३ खेलबाट उपाधिको छिनोफानो हुने छ । अब सुरुहुने सिजनमा डिफेन्डिङ च्याम्पियन केरला किंग्स, मार्था अरेबियन, पाख्तुन टिम, पञ्जाब लेजेन्ड्स, कराँची, बंगाल टाइगर्स, नर्थन वारियर्स र राजपुतले सहभागीता जनाउने छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com