धुर्मुसले यसरी मनाए आफ्नो ३५औँ जन्मदिन


प्रकाशित मिति : आश्विन ४, २०७५ बिहीबार

कलाकार सिताराम कट्टेल (धुर्मुस) ले बिहिवार आफ्नो ३५औँ जन्मदिन मनाएका छन् । राजधानीको नयाँ बानेश्वरमा रहेको रेडियो अडियोमा केक सितारामले काटेर जन्मदिन मनाएका हुन् ।

कलाकरीता सँगै समाजसेवामा पनि सक्रिय कट्टेलले नयाँ कामका निम्ति अघि बढिरहेको बताए । जन्मदिन मनाउने कार्यक्रममा उनकी पत्नी कुञ्जना घिमिरे (सुन्तली), केदार घिमिरे (माग्ने बुढा), दीपक आचार्य (काकु) लगायतका कलाकारहरुको उपस्थिती रहेको थियो ।

धुर्मुसले सुन्तलीलाई सार्वजनिक रुपमै चुम्वन गरेपछि माहोल निकै तातिएको थियो । जन्मदिन विशेष कार्यक्रममा सिताराम लाई जन्मदिनको शुभकामना दिँदै श्रीमती कुञ्जनाले सिताराम आफ्नै निम्ति भनेर यो धर्तीमा आएको धारणा राखिन् ।

कार्यक्रममा केदार घिमिरे (माग्ने बुढा) ले सितारामसँगको सहकार्यलाई सम्झिए । केदारले सितारामले देशका निम्ति गरेको योगदानले सिङ्गो कलाकारिता क्षेत्रको शिर उच्च भएको बताए ।

सन्तोष पन्तको हास्य टेलिश्रृंखला ‘हिजोआजका कुरा’ कलाकारितामा आवद्ध भएका सिताराम यतिबेला कलाकारिता सँगै बिकास निर्माणमा समेत लागिरहेका छन् । उनी नयाँ चलचित्र निर्माणको तयारीमा पनि छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com