विदेश घुमेर कर्मचारीले सिध्याए २४ करोड


प्रकाशित मिति : आश्विन ४, २०७५ बिहीबार

राज्यको ढुकुटीबाट विदेश भ्रमण सरकारका मन्त्री र कर्मचारीका लागि प्रश्न नै नउठ्ने विषय बनेको छ । मन्त्री, नेताहरु विदेश घुमेको भनेर आलोचना भइरहँदा ‘स्थायी सरकार’ भनिएको कर्मचारी पनि कम छैनन्, उनीहरुले पनि विदेश भ्रमणमा २४ करोड रुपैयाँ सकाएका छन् ।

नयाँ पत्रिका दैनिकका अनुसार, गत आर्थिक वर्षमा ८ सय ४६ कर्मचारीले विश्वका विभिन्न देश शयर गरे । उनीहरुको भ्रमण बिल जम्मा २३ करोड ९७ लाख २५ हजार २ सय २२ रुपैयाँ सरकारले भुक्तानी दिएको छ । यतिमात्र होइन १५ निकायले त विदेश भ्रमणको विवरण नै लुकाएका छन् ।

सबैभन्दा बढी विदेश भ्रमणमा अर्थ मन्त्रालयले ४ करोड ५६ लाख रुपैयाँ सकाएको छ भने सबैभन्दा कम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ करोड १६ लाख रुपैयाँ सिध्याएको छ । विदेश भ्रमणमा बढी खर्च गर्नेमा यी दुईसहित पुनर्निर्माण प्रािधकरण, परराष्ट्र मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com