मन्त्री बीना मगरले गरिन् यस्तो काम !


प्रकाशित मिति : आश्विन ४, २०७५ बिहीबार

यसअघिका मन्त्रीले खानेपानी मन्त्रालयलाई सामान्य छोड्यो । तर यो जनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय हो । पानीमा जनताको जीवन जोडिएको छ । यो महत्व बुझेकी मन्त्रीको रुपमा खानेपानी मन्त्रालय सम्हाल्न बिना मगर आएपछि अनगिन्ती समस्या हल भएका छन् । दुषित पानी बाँड्ने कम्पनीमाथी आफै छापा मारेर शिल गरेकी छिन् ।

देशभरी खानेपानी अभाव टार्न केही महिनामा नै निक्कै सफल भएकी छिन् । यो सँगै खानेपानीमा ढल मिसिएर हरेक बर्ष हज्जारौ नागरिक बिरामी हुने केहीले ज्यान गुमाउने विकराल अवस्थाका बारेमा जब मन्त्री बीनालाई रिपोर्ट आयो । तत्कालै देशै भरिका ढलको अनुगमन गर्न समिति नै बनाइन् । खानेपानी मन्त्रालयमा आज आयोजित बैठकमा मन्त्री मगरले देश भरि नै ढलको समस्या बढ्दै गएकोले व्यावसायिक अपार्टमेन्ट, अस्पताल लगायत विभिन्न क्षेत्रका ढलहरुको अनुगमन गर्ने बताइन् ।

बैठकमा उनले प्रारम्भिक प्रशोधन गरेर मात्र ढल फाल्नु पर्ने नीतिगत व्यवस्था गर्न लागिएको उनले जानकारी दिइन् । मन्त्रालयले काठमाडौं उपत्यकामा रहेका अस्पताल, उद्योग, अपार्टमेन्ट र संयुक्त आवासको ढल अनुगमन गर्न विशेष कार्यदल समेत गठन गरेको छ । खानेपानी तथा ढल निकास विभागकी उपमहानिर्देशक मीना श्रेष्ठको संयोजकत्वमा ढल अनुगमन तथा निरीक्षण व्यवस्थापन कार्यदल गठन गरिएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com