संग्रहालय खुलेको एक दशक पछि नारायणहिटी दरबार संग्रहालय पुरातत्व विभागको मातहतमा आएको छ । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०६५ साल असार १ गते नारायणहिटी दरबारलाई संग्रहालय बनाउने घोषणा गरेका थिए ।
त्यस लगत्तै २०६५ फागुन १५ देखि नारायणहिटी सर्वसाधारणका लागि खुला गरिएको थियो । संग्रहालय विकास समितिको नामबाट संचालन हुदै आएको संग्रहालयले विकासको गति लिन नसकेपछि मन्त्रिपरिषदको बैठकले विभागको मातहतमा राख्ने निर्णय गरेको हो ।
सो निर्णयसंगै विभागले संग्रहालयको गुरु योजना निर्माण गर्न शुरु गरेको छ । विभागका महानिर्देशक भेषनारायण दाहालले संग्रहालयलाई थप व्यवस्थित र आकर्षित बनाउने बताए । समाचारमा उल्लेख भएअनुसार, असोज महिनाबाटै श्रीपेच सर्वसाधारणका लागि खुला गरिने छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।