५० वर्षीय व्यक्तिको प्रेम प्रस्ताव अस्वीकार्दा एसिड !


प्रकाशित मिति : आश्विन ३, २०७५ बुधबार

आफू भन्दा तेब्बर उमेर अर्थात् ५० वर्षीयको प्रेम प्रस्ताव अस्वीकार गर्दा किशोरीमाथि एसिड प्रहार भएको छ । रौतहट, चन्द्रपुर–६ की १८ वर्षीया सम्झनाकुमार दास ५० वर्षीय रामबाबु पासवानको पटकपटकको प्रेम प्रस्ताव अस्वीकारको सिकार भएकी हुन् ।

पासवानको यस्तो प्रस्तावबारे परिवारमा छलफल गर्न नपाउँदै सम्झनामाथि २६ भदौमा एसिड प्रहार भयो । कीर्तिपुरमा गम्भीर अवस्थामा उनको उपचार भइरहेको छ ।

घटनाको ६ दिनपछि पक्राउ परेका पासवानको हातमा पनि एसिड परेर कालो भएको छ । सम्झनाको मोबाइल कल डिटेल्सका आधारमा पासवान पक्राउ परेका हुन् । रमाइलो त यो छ कि, एसिड प्रहार भएको ठाउँमा सबैभन्दा पहिला पासवान पुगेका थिए । सम्झनालाई काठमाडौंमा उपचार गर्नेक्रममा कुरुवा बस्ने पनि पासवान नै थिए । उनी सम्झनाका छिमेकी हुन् । एकतर्फी मायाको उपहार किशोरीमाथि एसिड प्रहार गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com