निर्मला बलात्कार तथा हत्या प्रकरणमा थपियो खुसिको खबर : दाङ हलाएकी दबङ एसपी दुर्गा कंचनपुरमा


प्रकाशित मिति : आश्विन २, २०७५ मंगलबार

निर्मला बलात्कार तथा हत्या प्रकरणमा बल्ल साकार र प्रहरीले कंचनपुर खटाइयो अब्बल एसपी दुर्गा सिंह (चन्द) लाई ! अब अपराधी बाहिर आउनेमा ढुक्क

प्रहरी मुख्यालयले एसपी दुर्गा सिंह (चन्द) लाई महेन्द्रनगर खटाएको छ। कञ्चनपुर घटनाका पीडित तथा स्थानीयसँग समन्वय गरि अनुसन्धान प्रभावकारी बनाउनको लागि सिंहलाई महेन्द्रनगर खटाइएको बताइएको छ ।कञ्चनपुर घटनाका पीडित तथा स्थानीयसँग समन्वय गरी अनुसन्धान प्रभावकारी बनाउने जिम्मेवारी एसपी चन्दलाई दिइएको छ । उनले घटनाको अनुसन्धान समिति तथा जिल्लाका प्रहरी प्रमुखलाई सघाउने बताइएको छ । एसपी चन्द सो क्षेत्रको स्थानीय भएकाले पनि घटनाको अनुसन्धानमा समन्वय गर्न र पीडितलाई सान्त्वनाका लागि मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

‘महिलासँग सम्बन्धित घटना भएकाले महिला प्रहरी अधिकारी खटिँदा अनुसन्धान तथा समन्वय गर्न सजिलो हुने भएकाले उनलाई कञ्चनपुर पठाइएको हो,’ प्रहरी मुख्यालय स्रोतले भन्यो । कञ्चनपुरका तत्कालीन एसपी डिल्ली विष्ट निलम्बनमा परेपछि उनको स्थानमा एसपी कुबेर कडायतले जिम्मेवारी सम्हाल्दै आएका छन् ।

चन्दले कडायतलाई घटना अनुसन्धानमा सहयोग गर्ने जानकारी दिइएको छ ।एसएसपी बढुवाको लाइनमा रहेकी एसपी चन्द व्यावसायिक प्रहरी अधिकारी मानिन्छन् । यसअघि दाङको प्रहरी प्रमुख हुँदा उनले त्यहाँको आपराधिक सञ्जाल निर्मूल पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।निर्मला हत्याकाण्डमा हालसम्म ५ जना प्रहरी अधिकारी निलम्बित भइसकेका छन् । डीआईजी धिरु बस्न्यातको संयोजकत्वमा बनेको नयाँ छानबिन समितिले निलम्बित प्रहरी अधिकारीको बयान थालेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com