निर्मला बलात्कार तथा हत्या प्रकरणमा थपियो खुसिको खबर : दाङ हलाएकी दबङ एसपी दुर्गा कंचनपुरमा


प्रकाशित मिति : आश्विन २, २०७५ मंगलबार

निर्मला बलात्कार तथा हत्या प्रकरणमा बल्ल साकार र प्रहरीले कंचनपुर खटाइयो अब्बल एसपी दुर्गा सिंह (चन्द) लाई ! अब अपराधी बाहिर आउनेमा ढुक्क

प्रहरी मुख्यालयले एसपी दुर्गा सिंह (चन्द) लाई महेन्द्रनगर खटाएको छ। कञ्चनपुर घटनाका पीडित तथा स्थानीयसँग समन्वय गरि अनुसन्धान प्रभावकारी बनाउनको लागि सिंहलाई महेन्द्रनगर खटाइएको बताइएको छ ।कञ्चनपुर घटनाका पीडित तथा स्थानीयसँग समन्वय गरी अनुसन्धान प्रभावकारी बनाउने जिम्मेवारी एसपी चन्दलाई दिइएको छ । उनले घटनाको अनुसन्धान समिति तथा जिल्लाका प्रहरी प्रमुखलाई सघाउने बताइएको छ । एसपी चन्द सो क्षेत्रको स्थानीय भएकाले पनि घटनाको अनुसन्धानमा समन्वय गर्न र पीडितलाई सान्त्वनाका लागि मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

‘महिलासँग सम्बन्धित घटना भएकाले महिला प्रहरी अधिकारी खटिँदा अनुसन्धान तथा समन्वय गर्न सजिलो हुने भएकाले उनलाई कञ्चनपुर पठाइएको हो,’ प्रहरी मुख्यालय स्रोतले भन्यो । कञ्चनपुरका तत्कालीन एसपी डिल्ली विष्ट निलम्बनमा परेपछि उनको स्थानमा एसपी कुबेर कडायतले जिम्मेवारी सम्हाल्दै आएका छन् ।

चन्दले कडायतलाई घटना अनुसन्धानमा सहयोग गर्ने जानकारी दिइएको छ ।एसएसपी बढुवाको लाइनमा रहेकी एसपी चन्द व्यावसायिक प्रहरी अधिकारी मानिन्छन् । यसअघि दाङको प्रहरी प्रमुख हुँदा उनले त्यहाँको आपराधिक सञ्जाल निर्मूल पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।निर्मला हत्याकाण्डमा हालसम्म ५ जना प्रहरी अधिकारी निलम्बित भइसकेका छन् । डीआईजी धिरु बस्न्यातको संयोजकत्वमा बनेको नयाँ छानबिन समितिले निलम्बित प्रहरी अधिकारीको बयान थालेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com