सैन्य अभ्यासको भारतीय निमन्त्रण लत्याएर युद्ध अभ्यासमा नेपाली सेना चीन जाने : भारत सशंकित


प्रकाशित मिति : आश्विन २, २०७५ मंगलबार

सैन्य अभ्यासको भारतीय निमन्त्रण लत्याएर युद्ध अभ्यासमा नेपाली सेना चीन जाने : भारत सशंकित !

काठमाडौ । बिमस्टेक सम्मिलत देशहरुको सैन्य अभ्यास भारतमा भयो । उक्त अभ्यासमा सुरुमा नेपालपनि जाने पक्का थियो । आयोजक राष्ट्रको हैसियतले भारतले औपचारिक निमन्त्रणा पठाएको थियो । तर पछि त्यो विवाद आएपछि नेपालले भारतको निमन्त्रण अस्वीकार गरिदियो । यसले नेपाल भारत सम्बन्धमा केही चीसो पस्ने हो की भन्ने त्रास अझै छ । यही बेला नेपाली सेनाको टोली चीनमा हुन लागेको संयुक्त सैन्य अभ्यासका लागि चेङ्डु जाने भएको छ।

‘सगरमाथा मैत्री २’ मा भाग लिन नेपाली सेनाको एक टोली सोमबार चीनको सिचवान प्रान्तको राजधानी चेङ्डु जाने भएको हो। त्यहाँ असोज १ देखि १३ गतेसम्म सैन्य अभ्यास हुने नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए। उनका अनुसार ‘प्रोटस माइनस’ अर्थात १६ जनाको टोली हुनेछ। उक्त सैन्य अभ्यास प्राकृतिक प्रकोप उद्धारसँगै आतंकवादविरुद्ध लक्षित छ। यसअघि नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास २०१६ अप्रिलमा भएको थियो ।

यसअघि भदौ २५–३१ सम्म भारतको पुणेमा भएको बिम्स्टेक सदस्य राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासमा नेपालले सहभागिता जनाएको थिएन। उक्त सैन्य अभ्यास र चीनसँग भइरहेको सैन्य अभ्यास नै फरक रहेको रक्षा मामिलाका जानकार बताउँछन्। रक्षा मामिलाका एक जानकारले भने, ‘पुणेमा भएको सैन्य अभ्यासले पाकिस्तानलाई अलग्याउने र चीनलाई चिढाउनेतर्फ उन्मूख रहेको र त्यसमा नेपाल तठस्थ हुनुपर्ने माग उठेपछि सरकार अन्तिम समयमा आएर पछि हटेको हो। तर, चीनसँग हुन गइरहेको अभ्यास नियमित हो।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाली सेनाका अनुसार यस प्रकारको सैन्य अभ्यास चीनसँग मात्र नभइ भारत, पाकिस्तान, श्रीलंका, अमेरिका, बेलायत लगायतका देशहरुसँग हुँदै आएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com