याेगेश भट्टराईले दिए भारतीय सेनापती रावतलाई यस्ताे सुझाव


प्रकाशित मिति : आश्विन २, २०७५ मंगलबार

नेपाल कम्युनिष्ट पार्टी, नेकपाका नेता एवं प्रतिनिधिसभा सांसद याेगेश भट्टराईले  भारतीय सेनापती बिपिन रावतकाे पछिल्लाे अभिव्यक्तिप्रति अापत्ति जनाएका छन् ।

सेनापती बिपिन रावतले  नेपाल भारततर्फ ढल्किनैपर्ने बाध्यता रहेको भनाई प्रति लक्षित गर्दै भट्टराईले कडा शब्दमा त्यसकाे विराेध गरेका हुन् ।

ट्वीटरमा एक ट्वीट गर्दै भट्टराईले  नेपालको बारेमा चिन्ता गर्न नेपालीनै प्रयाप्त रहेकाे भन्दै आफू र आफ्नो देशको बारेमा चिन्ता लिन सुझाव दिएका छन् ।

उनले भनेका छन्, “भारतीय सेनापती बिपिन रावतजी, नेपाल हिजो भारत तिर ढल्कियो त्यो गल्ती थियो, अब तेता तिर ढल्किदैन, यो पनि ढुक्क हुनुहोस् कि यो देश चीन तिर पनि ढल्किदैन । आफू र आफ्नो देशको बारेमा चिन्ता लिनुहोस्, नेपालको बारेमा चिन्ता गर्न हामीनै प्रयाप्त छौ ।”

भारतीय सेनाका प्रधानसेनापती बिपिन रावतले बिमस्टेक राष्ट्रहरुको संयुक्त सैन्य तालिमको अाइतबार समापन कार्यक्रममा नेपाल र भूटान जस्ता राष्ट्रहरुको झुकाव भारतमै हुनुपर्ने बताएका थिए । उनले भौगोलिक कारणले पनि नेपाल र भूटान जस्तो राष्ट्रको झुकाव भारततिर हुनै पर्ने बताएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com