दोहोरो बन्दको आह्वानले काठमाडौंसहित देशभर प्रभाव, यात्रु बाटोमै परे अलपत्र जानकारीको लागी सेयर गरौँ


प्रकाशित मिति : आश्विन २, २०७५ मंगलबार

काठमाडौं उपत्यकासहित देशभरै बन्दको प्रभाव परेको छ । नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका नामबाट बन्दको आह्वान भएकोमा उसले आफूले बन्दको आह्वान नगरेको स्पष्ट पारेको थियो । तर, कतिपय यातायात मजदूरले संगठनले बन्द गरेको भन्दै सवारी साधन बाहिर निकालेका थिएनन् । जस कारण काठमाडौं उपत्यकाको सडकमा सवारी साधन कमै चलेका थिए । साथै संगठनले बन्द नगरेको भएपनि आजका लागि माओवादी पूर्व जनमुक्ति सेना पार्टी नेपालले पनि बन्दको आह्वान गरेको छ । जसको काठमाडौंसहित मुलुकभर प्रभाव परेको ट्राफिक प्रहरीले जानकारी दिएको छ । प्रहरीकाअनुसार काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन फाट्टफुट्ट चलेका छन् । तर, उपत्यका बाहिर भने बन्दको प्रभाव धेरै परेको छ ।

बन्दका कारण अध्ययनका लागि घरबाट निस्केका विद्यार्थीसहित बिहानै निस्कने कामकाजी मानिसहरु सडकमै अलपत्र परेका छन् । मुलु्कभर भइरहेका बलात्कारका घटनाका दोषीलाई पक्राउ गरि कारबाही नगरेको तथा नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पटक पटक गिरफ्तार गरिएको विषयमा विरोध जनाउँदै पूर्व जनमुक्ति सेनाले बन्द आह्वान गरेको हो ।

यसैबीच, नेपाल यातायात स्वतन्त्र मजदूर संगठनले आफूहरुलाई बद्नाम गराउन गरी कसैले बन्दको आह्वान गरेको बताएको छ । उसले आफूहरुले बन्दको आह्वान नगरेको स्पष्ट पारेको छ । आफूहरुलाई उत्तेजित बनाउने र बन्द गराउने नियोजितक कसैको षड्यन्त्र भइरहेको भन्दै संगठनले भ्रममा नपर्न सबैलाई अपिल गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com