नेपाल विश्वकै पाँचौ रोजगारदाता


प्रकाशित मिति : आश्विन २, २०७५ मंगलबार

जनसंख्याका आधारमा धेरै रोजगारी उपलब्ध गराउने देशमा नेपाल विश्वकै पाँचौ मुलुक बनेको छ ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले सार्वजनिक गरेको मानव विकास सूचकांक २०१८ मा नेपालको रोजगारी दर पाँचौ स्थानमा देखिएको हो । गोरखापत्रले समाचार छापेको छ ।

प्रतिवेदन अनुसार, जनसंख्याको ८१.९ प्रतिशत रोगारीमा आवद्ध छन् । विश्वमै कतारमा ८६.८ प्रतिशत, रुवान्डा ८५ प्रतिशत, मादगास्कर ८४.९ प्रतिशत, कम्बोडिया ८४.५ प्रतिशत रोजगारी दिने मुलुकमा परेको छ । पाँचौ स्थानमा नेपाल छ भने छैठौँ स्थानमा तान्जानिया । ७१.७ प्रतिशत नेपाली कृषिमा आवद्ध छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com