‘सरकारी पैसा’मै संविधानको विरोध
प्रकाशित मिति : आश्विन २, २०७५ मंगलबार
संविधानप्रति असन्तुष्ट तर सरकारमा रहेका मधेसवादी दलहरु पनि संविधान दिवसको विरोधमा उत्रिएका छन् । उनीहरुले संविधान दिवस असोज ३ मा सरकारी कोषकै रकमबाट कालो दिवस मनाउने तयारी गरेका छन् ।
राजधानी दैनिकले लेखेको छ, ‘केन्द्रीय सरकारले संविधान दिवसको खुशियाली मनाउन लाग्दा प्रदेश २ सरकार र संघीय समाजवादी फोरम तथा राष्ट्रिय जनता पार्टीले कालो दिन मनाउन पनि सरकारी ढुकुटी खर्च गर्न लागेका हुन् ।’
कालो दिवस मनाउन कार्यकर्ता ओसारपसार, आवश्यक खर्च व्यवस्थापन सरकारी कोषबाटै खर्च गर्न लागिएको हो ।