विप्लवका तीन सर्त


प्रकाशित मिति : आश्विन २, २०७५ मंगलबार

सरकारको राजनीतिक वार्ता टोली र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच औपचारीक संवाद सुरु भएको छ । वार्ता टोलीले गत भदौ २५ मा पत्रकार सम्मेलनमार्फत वार्तामा आउन असतुष्ट द्धन्दरत समुहलाई आहवान गरे लगतै दुवै पक्षविच संवाद भएको हो ।

सरकारी वार्ता टोलीको सम्पर्कमा रहेका नेकपाका पोलिटब्युरो तहका नेताहरुले वार्तामा बस्ने वातावरण बनाउन मुख्य तिन सर्त राखेका छन् ।

– सरकारले आफ्नो पार्टीलाई राजनीतिक दल वा हिंसात्मक समुह कुन दृष्टिकोणका साथ हेरिरहेको छ । प्रस्ट औपचारीक धारणा सार्वजनिक गर्नुपर्ने

– देशव्यापी गैरकानुनी धरपकड बन्द गरेर यसबीचमा पक्राउ परेका पार्टी प्रवत्ता खठ्क बहादुर विस्वकर्मा , पदम राई , किरण राई , उमा भुजेलसहितका नेता र सबै कार्यकर्तालाई विना सर्त रिहा गर्नुपर्ने

– विना अवरोध राजनीतिक पार्टीको हैसियतमा निर्वाध गतिविधि गर्न पाउनुपर्ने सर्त रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com