असोज ५ देखि दसैंमा घर जानेहरूले अग्रिम टिकट बुक गर्न सक्नुहुनेछ। जानकारीको लागी सेयर गरौँ


प्रकाशित मिति : आश्विन १, २०७५ सोमबार

यस वर्षको दसैंका लागि असोज ५ गतेदेखि बसको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । यातायात व्यवस्था विभाग र व्यवसायीबीच आइतबार भएको छलफलपछि अग्रिम टिकट बुकिङ खुला गरिने भएको हो ।
दसैंको आडमा भाडा वृद्धि गर्ने र सिन्डिकेटको काम फर्काउने दाउमा विभिन्न सर्त राखेका व्यवसायीले अन्ततः बुकिङ खुला गर्न सहमत भएका हुन् । यातायात व्यवस्था विभागले सरकारले बन्द गरेका समितिका बैङ्क खाता खुलाउन गृह, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलगागयतका सरोकारवाला निकायलाई पत्रसहित पहल गर्ने बताएपछि व्यवयायीहरू सहमत भएका हुन् । बन्द रहेका २५४ वटा यातायात समितिका खाता खोल्न विभागले पहल गर्ने सहमति भएको छ । भाडा समायोजनको सवालमा भने कुरै नभएको विभागले जनाएको छ तर असोज ५ गतेसम्म व्यवसायीहरूले राखेका सर्तहरू भने पूरा गर्नुपर्ने बताइएको छ । भाडा समायोजन र बैङ्क खाता खुला गर्नुपर्ने माग व्यवसायीहरूको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले भन्नुभयो ‘असोज ५ गतेबाट अग्रिम टिकट खुला गर्ने सहमति भएको छ, त्यसका लागि हामी तयार छौँ, भाडा समायोजन र खाता खोल्ने जिम्मेवारी हामीले सरकारलाई दिएका छौँ, हेरौँ सरकारले के गर्छ, हाम्रा कुरा हामीले सरकारलाई भनेका छौँ । ’
मन्त्रालयहरूलाई चिठी पठाएर ५ गतेसम्म समितिहरूको बैङ्क खाता खुलाउन पहल गर्ने सहमति भएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो । व्यवसायीहरूले भाडा समायोजना र बैङ्क खाता खुला गर्न दबाब दिँदै आएका छन् ।

सिन्डिकेट अन्त्य गर्न पञ्जीकरणको व्यवस्थासहित नयाँ निर्देशिका लागू गरी यातायात समितिहरूलाई सरकारले कारबाही गरेको छ । समितिका बैङ्क खाता रोक्का गरेको छ ।गत वैशाखदेखि समितिहरूको खाता सरकारले बन्द गरेपछि खातामा रहेको पैसा के गर्ने भन्ने सवालमा यातायात मन्त्रालयले समिति बनाएर काम गरेको थियो । समितिले सुझावसहितको प्रतिवेन पनि बुझाएको छ तर सरकारले समितिको खाताको रकम के गर्ने भन्ने सवालमा कुनै निर्णय गरेको छैन ।खाता रोक्का गरे पनि व्यवसायीहरूले आफूहरू समस्यामा परेको बताउँदै आएका छन् । कर्मचारीको तलब, कार्यालय भाडा, घाइतेको उपचार तथा मृतकका परिवारलाई क्षतिपूर्ति दिन नसकिएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घले जनाएको छ ।

बर्सेनि महँगी बढेको र सरकारले कर बढाएको अवस्थामा भाडा समायोजनको विकल्प नभएको व्यवसायीहरूको भनाइ छ । सिटौलाले भन्नुभयो ‘बैङ्क ब्याजदर बढेको छ, कर बढेको छ, १२÷१३ पटक इन्धनको भाउ बढिसक्यो ११ वर्षदेखि भाडा समायोजन भएको छैन, करोड पर्ने बसहरू आइसके, पाटपुर्जाको भाउ बर्सेनि बढ्छ यी कुराहरू हामीले राखेका छौँ । ’सिन्डिकेटको अन्त्य गर्न पञ्जीकरण गर्नुपर्ने नयाँ निर्देशिका लागू भए पनि व्यवसायीहरूले अझै आनाकानी गरिरहेका छन् । हालसम्म जम्मा ३५ सय सवारी साधान पञ्जीकरण भएका छन् । नेपालमा ९५ हजार सार्वजनिक सवारी साधन छन् । दसैंका अवसरमा काठमाडौँबाट लामो दूरीमा चल्ने बसहरूमा एक महिना पहिल्यै टिकट लिनुपर्ने बाध्यता छ । करिब २५ लाखभन्दा बढी यात्रु दसैंमा काठमाडौँ बाहिर जान्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com