साउदी अबरमा काम गर्न जाने नेपाली कामदारको पारिश्रमिकमा पुनरावलोकन, कसको कति ?


प्रकाशित मिति : भाद्र ३१, २०७५ आईतबार

वैदेशिक रोजगारीका लागि साउदी अरब जाने नेपाली कामदारको न्यूनतम ज्यालामा पुनरावलोकन भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको प्रस्तावलाई हालैको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको हो ।  ६ वर्ष पछि ज्यालामा पुनरावलोकन गरिएको हो ।

अब साउदी जाने नेपाली कामदारले न्यूनतम ज्याला १००० रियाल र खाना भत्ता ३०० रियाल देखि अधिकतम ज्याला ११०० रियाल र खानाभत्ता ५०० रियाल पाउनेछन् ।

सरकारको यो निर्णयले सबैभन्दा धेरै साउदी जाने अदक्ष कामदार लाभान्वित श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस अघि ८०० न्यूनतम ज्याला र खाना भत्ता २०० रहेकोमा नयाँ व्यवस्था अनुसार ज्याला १००० रियाल र खाना भत्ता ३००  नेपाली अदक्ष कामदारले पाउनेछन् ।

साथै साउदी जाने कामदारको औषधि उपचार, आवास, यातायात, आतेजाते हवाई टिकट रोजगारदाताले नै उपलब्ध पनि मन्त्रालयले जनाएको छ ।

साउदी जाने अदक्ष, अर्धदक्ष, दक्ष र व्यवसायिक कामदारका लागि न्यूनतम जालामा भएको नयाँ व्यवस्थाको विस्तृत तालिक हेर्नुहोस्ः

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com