Follow @khasokhasmag

प्रहरी बनाइदिने भन्दै ठगी गर्ने हवलदार पक्राउ


प्रकाशित मिति : भाद्र ३१, २०७५ आईतबार

जिल्ला प्रहरी कार्यालय दाङले प्रहरीमा भर्ती गराइदिने भन्दै विभिन्न व्यक्तिबाट लाखौ रकम ठगी गर्ने पूर्व प्रहरी हवलदारलाई पक्राउ गरी सार्वजनिक गरेको छ। दोलखा भिमेश्वर नगरपालिका-१ चरिकोट घर भई हाल काठमाडौं बस्दै आएका कालीबहादुर लामालाई पक्राउ गरेको दाङ प्रहरीले पक्राउ गरेको जनाएको छ।

लामालाई सिआइवीको सहयोगमा भदौ २७ गते काठमाडौंबाट पक्राउ गरिएको प्रहरी प्रमुख शर्माले जानकारी दिए। उनले विभिन्न व्यक्तिलाई प्रहरीमा भर्ती गराइदिने भन्दै प्रतिव्यक्ति करिब २ लाख ५० हजार रुपैयाँ ठगी गर्दै आएको खुल्लेको प्रहरीको भनाई छ।

साथै लामाले मेटोसिटी सेकुरेटी कम्पनी समेत चलाउँदै आएको अनुसन्धानबाट पत्ता लागेको दाङ प्रहरीले जनाएको छ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com